×

NMB BANK
NIC ASIA

फाइनलमा फ्रान्सले पाएको पेनाल्टीका विषयमा उठ्यो विवाद

असार ३२, २०७५

NTC
Premier Steels

काठमाडौं – क्रोएसियालाई ४–२ ले हराएर विश्वविजेता बनेको फ्रान्सले पहिलो हाफमा पाएको पेनाल्टीमा विवाद उठेको छ । 

म्याचको ३८औं मिनेटमा फ्रान्सका खेलाडी एन्टोइन ग्रीजम्यानले कर्नरबाट गोल गर्न खोज्दा पेनाल्टी एरियामा क्रोएसियाका खेलाडी इभान पेरिसिचको हातमा ठोक्कियो ।

मैदानमा भएका रेफ्रीले पेनाल्टी दिएनन् । तर फ्रान्सले भिडियो असिस्टेन्ट रेफ्री (भार) को अपील गरे र भार उनीहरूको पक्षमा गयो । पेरिसिचले ह्यान्डबल गरेको ठहरियो र रेफरीले भारको सहायताले फ्रान्सलाई पेनाल्टी दिलाए ।

ग्रीजम्यानले पेनाल्टीलाई गोलमा परिणत गरेर फ्रान्सलाई २–१ ले अग्रता दिलाए । 

अनि क्रोएसियाको मनोबल घट्यो र उसले सेकेन्ड हाफमा दुई गोल खायो । 

क्रोएसियाका प्रशिक्षकले आक्रोश व्यक्त गर्दै फाइनल म्याचमा यस्तो पेनाल्टी दिन नमिल्ने बताए । पहिलो विश्वकप जित्नबाट वञ्चित क्रोएसियाका कोच ज्लात्को डालिचले भने, ‘हामीले शानदार खेल खेल्यौं तर पेनाल्टीका कारण खेल हा–यौं ।’

फूटबल पण्डितहरूले पनि उक्त ह्यान्डलिङ पेनाल्टी नै दिनुपर्ने किसिमको गम्भीर नभएको बताएका छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x