×

NMB BANK
NIC ASIA

रामकुमारी भन्छिन्– पैसा कमाएर प्रतिष्ठित बन्न खोज्ने नाफाखोरका कारण उपभोक्ता ठगिए

साउन ३०, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले नाजायज नाफा कमाएर समाजको प्रतिष्ठित व्यक्ति बन्ने दौडका कारण नेपालका उपभोक्ता ठगिएको बताएकी छिन् ।

Muktinath Bank

प्रतिनिधिसभामा उपभोक्ता संरक्षण विधेयक– २०७५ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद झाक्रीले विद्यमान कानून र संरचना उपभोक्ता ठग्नेको रक्षाकवज भएको बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻउपभोक्ता मान्छे हुन् या होइनन्, आजको पूजीँबजारले उपभोक्तालाई मान्छे बनाएकै छैन । लूटपाट गर्ने, सबै काम फर्जी गर्ने, जेबाट अत्याधिक नाफा आउँछ त्यही गर्ने, त्यसबाट आएको मार्जिनबाट पैसा धेरै भएको गन्ने मान्ने समाजको प्रतिष्ठित बन्ने दौड आजकोे पूँजीवाद, बजार र समाजले यतैतर्फ दौडाइरहेको छ,ʼ सांसद झाँक्रीले भनिन्, ʻयसलाई नियन्त्रण गर्न बनाइएका कानून र संरचना जोसँग पैसा छ त्यसैको संरक्षक या कबज बनेका छन् ।ʼ


Advertisment
Nabil box
Kumari

उपभोक्तालाई आफू के खाँदैछु, के गर्दैछु भन्ने न्युनतम सूचना समेत नभएको बताइन् ।

Vianet communication

ʻस्वस्थ्य खानेकुरा पाउने कुरा धेरै टाढा, के सेवन गरिरहेको छु भन्ने जानकारी पनि छैन,ʼ उनले भनिन् ।

उनले बजेटपछाडि मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनको सनातनी काम भइरहे पनि दोषीमाथि कारवाही नभएको बताइन् । 

ʻबजेटको पछाडि केही दिन अगाडि बजारमा छापा मार्ने काम भयो, एकाएक रोकियो । अब तिज दशैँ तिहारमा फेरि सक्रिय हुनेछन् । यो सनातनी भइरहेको छ,ʼ उनले भनिन् ।

झाक्रीले गरीब निमुखा उपभोक्ताको ढाड सेक्ने काम राज्य नियन्त्रित संरचनाबाट भइरहेको दाबी गरिन् । 

ʻकेही वर्ष अगाडि शहरमा खाना पकाउने वस्तुको रूपमा मट्टिेल प्रयोग हुन्थ्यो, मिसावट कम भएको भनेर रंग फरक भयो । तर ठूला बढाकोे गाडीको इञ्जिन बिग्रयो भनेर मूल्य समायोजन गरियो । विश्वबजारमा मट्टिेतेल र डिजेलको मूल्य कही एउटै हुँदैन, तर यहाँ गरियो,ʼ उनले भनिन्, ʻगरीब र निमुखा उपभोक्ताको ढाड सेक्ने काम भएका छन् । जे जति उपभोक्ताको विरुद्धमा काम भएका छन् ती राज्य संरक्षित छन् ।ʼ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x