×

NMB BANK
NIC ASIA

विराटनगर महानगरपालिकाको परिमार्जन भएको नयाँ करको दर यस्तो छ

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगर महानगरको कार्यपालिकाको सम्पन्न २२औँ बैठकले करका दरमा परिवर्तन गरेको छ । करका दर वृद्धि गर्न नगरपरिषद्को बैठकले निर्णय गर्नुपर्छ तर घटाउन कार्यपालिका बैठकले सक्ने र पछि हुने नगरपारिषद्को बैठकमा अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ । 

Muktinath Bank

त्यही प्रावधानअनुसार महानगरले साना फ्रेस हाउसको व्यावसायिक शुल्क वार्षिक ५ हजारबाट ३ हजार र मझौलाको ७ हजारबाट ५ हजार रुपैयाँ बनाएको छ । ठूला फ्रेस हाउसको वार्षिक शुल्क यथावत् १० हजार निर्धारण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेडियो–घडी मर्मत गर्ने साना पसलको रु ३ हजारलाई २ हजार, मझौलाको ४ हजारबाट ३ हजार र ठूलाको ५ हजारलाई यथावत् राखेको छ । तरकारी तथा फलफूलका थोक विक्रेता सानालाई १५ हजारबाट ७ हजार, मझौलालाई १२ हजारबाट १० र ठूलालाई १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

चियानास्ता पसलको सानालाई वार्षिक २ हजारबाट १ हजार र मझौलाको २५ सयबाट २ हजार तथा किराना खाद्यान्न पसल सानाको वार्षिक शुल्क ४ हजारलाई २ हजार मझौलाको ६ हजारलाई ४ हजार रुपैयाँमा झारिएको छ । त्यस्तै कपडा पसल सानाको ५ हजारबाट ३ हजार, मझौलाको ८ हजारबाट ५ हजार र ठूलाको १३ हजारबाट १० हजार तथा काठ फर्निचर पसलको सानालाई ५ हजारबाट ३ हजार र मझौलालाई ७ हजारबाट ५ हजार रुपैयाँमा झारिएको छ ।

Vianet communication
Laxmi Bank

कम्प्युटर, फ्रिज तथा इलेक्ट्रिक सामानका पसलमा सानाको वार्षिक शुल्कलाई ८ हजारबाट ६ हजार र मझौलाको १० हजारबाट ८ हजार तथा पुस्तक पसल स्टेसनरीमा सानाको ३ हजारबाट २ हजार, मझौलाको ५ हजारबाट ४ हजार र ठूलाको १० हजारबाट ७ हजार रुपैयाँ कायम गरिएको छ । ज्वेलर्स, गहना दोकानमा सानालाई १५ हजारबाट ७ हजार, मझौलालाई २५ हजारबाट १२ हजार र ठूलालाई ३५ हजारबाट २० हजार रुपैयाँ बनाइएको छ ।

सम्पत्ति करतर्फ ३० देखि ५० लाखसम्मका घरले शून्य दशमलव ८ प्रतिशत सम्पत्तिकर तिर्नुपर्नेमा शून्य दशमलव ५ प्रतिशत तिर्नुपर्ने भएको छ । त्यस्तै ५० लाखमाथिको घरजग्गामा शून्य दशमलव १५ प्रतिशतलाई घटाएर शून्य दशमलव १० प्रतिशत बनाइएको छ । 

त्यस्तै एक करोड भन्दा माथिको शुन्य दशमलव ४ प्रतिशत कायम गरिएको छ । त्यस्तै घरबाटो सिफारिसमा कच्ची बाटोको २ हजारलाई १ हजार ५ सय, ग्राभेल बाटोको ३ हजारबाट २ हजार र पक्की बाटोको ४ हजारलाई यथावत राखिएको छ । नागरिकता सिफारिसमा ५० रुपैयाँलाई निशुल्क बनाईएको छ । 

व्यक्तिगत घटना दर्तामा रु ५०० बाट ३०० कायम गरिएकोछ । जसमा ३५ दिन भित्र कुनै पनि रकम नलाग्ने ब्यवस्था गरिएको छ । साधारण सिफारिस रु ३००, सम्बन्ध बिच्छेद २ हजारबाट घटेर ५ सय कायम गरिएको छ । 

संघ संस्था दर्ता नगरको २ हजारबाट १ हजार ५ सय, जिल्लाको ३ हजारबाट २ हजार रुपैयाँ बनाइएको छ । मोबाइल पसलको ३ हजारबाट २ हजार र ६ हजारबाट ४ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै काठे चिरान मिलको पनि कर घटेको छ । सानाको ५ हजारबाट ३ हजार, मझौलाको ७ हजारबाट ५ हजार र ठुलाको ८ हजार रुपैयाँ नै कायम राखिएको छ ।

कपडा पसलको सानामा ५ हजारलाई २ हजार, मझौला ८ हजारलाई ४ हजार र ठुला १३ हजारलाई १० हजार बनाईएको छ । तरकारी पसललाई ३ हजारबाट २ हजार, फलफुल तथा तरकारी थोकमा १५ हजारलाई ७ हजार, चिकित्सक करमा १० हजारलाई ५ हजार, १५ हजारलाई १० हजार र २० हजारलाई १० हजार गराइएको छ । 

चिकित्कस कर महानगरमा पहिलो पटक लागु गरिएको महानगरले जनाएको छ । सटिङसुटिङमा ५ हजारबाट ३ हजार, ७ हजारबाट ५ हजार, फ्रेस हाउसमा ५ हजारबाट ३ हजार र ७ हजारबाट ५ हजार बनाइएको छ भने हाउजिङ कम्पनीको हकमा ५० हजार कायम गरिएकोमा १० हजार घटाएर ४० हजार कायम गरिएको वित्तिय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

बोर्ड बैठकले २ बर्ष अगाडीदेखिको कर नतिरेकाहरुको लागि व्यवसाय करमा छुट दिने भएको छ । २ बर्षभन्दा अगाडीको व्यवसाय भएर पनि दर्ता नगरेकाहरुको हकमा २ बर्ष भित्रको कर तिरेर ब्यवसाय कर र जरिवाना मिनाहा गर्ने भएको छ । त्यस्तै दिर्घरोगी, क्यान्सर, मृगौला रोगीको निशुल्क सिफारिस दिने समेत भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x