×

NMB BANK
NIC ASIA

पुल नहुँदा पुर्चौडी क्षेत्रका बासीन्दालार्इ हाटबजार जान समस्या

भदौ १, २०७५

NTC
Premier Steels

बैतडी- बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो । 

Muktinath Bank

पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चाैडी नगरपालिका–१ का बीरबहादुर गडालले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा बसन्तपुर बजार पुग्नेहरू खडीखेत पुल हुँदै आउनुपरेको छ ।” 

बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी–७ कोटिलाका जयबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर हुन्छ ।” 

दैनिक उपभोग्य सामान किन्नसमेत हाट बसन्तपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहँुदा जोखिम हुने पुर्चौडी–७ कोटिलाका अर्जुन जोशीले बताउनुभयो । 
उक्त खोलामा पुल नहुँदा वर्षात्मा विद्यार्थी पनि जोखिम मोलेर खोला तर्ने हुँदा स–साना बालबालिकालाई भने निकै किठन भएको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीको भनाइ थियो । 

पुल निर्माणका लागि त्रिवेणीधाम नजिक सर्वेक्षण गरिए पनि प्राविधिक दृष्टिकोणले पुल निर्माण गर्न नसकिने प्राविधिकले जनाएको वडाध्यक्ष गडालले बताउनुयो । “झोलुङ्गु पुल निर्माणका लागि समस्या भए पनि आरसीसी पिलर भएको पुल निर्माणका लागि पहल गर्न नगरपालिकामार्फत आग्रह गरिरहेका छौं ।” उहाँले भन्नुभयो । 

बागागाड नदीको ५०० मिटरमाथि झोलुङ्गे पुल भए पनि पहिरोका कारण पुलसम्म पुग्ने बाटो अवरुद्ध भएको छ । बसन्तपुर बजार पुर्चौडी क्षेत्रको मुख्य बजार हो । पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न बसन्तपुर बजार जाने गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x