×

NMB BANK
NIC ASIA

सिँगारिँदै जनकपुरधाम : प्रधानमन्त्री ओलीको भव्य स्वागत गर्ने तयारी

भदौ १, २०७५

NTC
Premier Steels

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान घोषणाका क्रममा मधेशसँग तिक्ततापूर्ण सम्बन्ध थियो । मधेशका नेताले ओलीलाई सर्वाधिक आलोचना गर्थे ।

Muktinath Bank

ओली प्रधानमन्त्री भएपछि मधेशसँग सम्बन्ध सुधार हुँदै गएको देखिएको छ । त्यसको संकेत दिने गरी २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भव्य तयारी भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भव्य स्वागत गर्न २ नम्बर प्रदेश सरकार र प्रदेशसभा अत्यन्तै उत्साहित देखिएका छन् । शनिवार प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली शनिवार बिहान सवा १० बजे हेलिकप्टरमार्फत् काठमाडौंबाट जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । ११ बजे जनकपुरमा प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

साउन ३० गते मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा सचिवालयलाई औपचारिक रूपमा पत्र पठाएर भदौ २ गते प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका थिए ।

Vianet communication

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्र प्राप्त भएकाले सोही अनुसार आवश्यक कार्यार्थ र अवगतार्थ पत्र संलग्न गरी पठाएपछि प्रदेश सभाले आवश्यक तयारी गरिरहेको छ ।

मुख्यमन्त्री राउतले लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘प्रदेश सरकारकै प्रयास स्वरूप प्रधानमन्त्री ओली जनकपुर आउँदै हुनुहुन्छ । उहाँले भोलि प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।’ २ नम्बर अन्य

प्रदेशभन्दा विकासमा धेरै नै पछाडि परेका कारण प्रधानमन्त्रीको सम्बोधनबाट प्रदेशको विकासमा ठूलो मदत पुग्ने अपेक्षा राखेको उनले बताए । ‘उहाँको भ्रमणले प्रदेशका अन्य समस्याहरू पनि समाधान हुने अपेक्षा राखेका छौं,’ उनले भने ।

भ्रमण सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘प्रधानमन्त्री ओली ज्यूलाई जनकपुर विमानस्थलमा स्वागत गर्नका लागि म आफैं जाँदैछु । मेरो सरकारका अन्य मन्त्रीहरू पनि जाने छन् ।’

मुख्यमन्त्रीसहित प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेशका विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेतक पनि विमानस्थलमा जाने तयारी गरिएको छ ।

प्रदेश सभामा विशेष तयारी 

प्रधानमन्त्री ओलीले प्रदेश सभामा विशेष सम्बोधन गर्ने तयारीका लागि सचिवालयसँगै सभामुख सरोजकुमार यादवले पनि विशेष ध्यान दिएका छन् । प्रदेश सभाले परिसरलाई सिँगार्ने काम थालेको छ ।

माटो सम्याउने, रंगरोगन गर्ने, जनकपुर विमानस्थलदेखि प्रदेशसभा मूलद्वारसम्म करीब ५ वटा स्वागतद्वार बनाएर स्वागत गर्ने तयारी गरिएको सभामुख सरोजकुमार यादवले बताए ।

‘प्रदेशमा प्रधानमन्त्री आफैं आएर सम्बोधन गर्नु भनेको मेरो लागि पनि सौभाग्यको कुरा हो,’ सभामुख यादवले लोकान्तरसँग भने, ‘उहाँको भ्रमणलाई ऐतिहासिक र भव्य बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’ प्रदेश सभामा उनको विशेष सम्बोधनपछि धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको उनले बताए ।

प्रधानमन्त्री ओलीको सम्बोधन सकिएलगत्तै उनलाई मिथिला भोजन गराउने प्रबन्ध समेत सचिवालयले मिलाएको सभामुख यादवले बताए । ‘दाल, भात, विभिन्न प्रकारका तरकारी, तरुवा, करी–बरी, दही, जनकपुरको विशेष माछा आदि परिकारको मिथिला भोजन गराउने तयारी गरेका छौं,’ सभामुख यादवले भने, ‘उहाँको भ्रमणलाई स्मरणीय बनाउनकै लागि मिथिला भोजनको प्रबन्ध मिलाइएको छ, जाने बेला उहाँलाई मिथिलाको पान खुवाएर बिदाइ गर्ने तयारी गरेका छौं ।’

प्रदेश अत्यन्तै गरीब रहेकाले प्रधानमन्त्री ओलीको भ्रमणबाट विकासका लागि विशेष प्याकेजको घोषणा गरुन् भन्ने आफ्नो चाहना समेत रहेको उनले बताए । प्रधानमन्त्री ओलीसँगै संघीय सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव समेत सदनमा उपस्थित रहने जानकारी प्राप्त भएको सभामुख यादवले बताए ।

२ नम्बर प्रदेशका कतिपय संघीय सांसद समेत आउने हुनाले त्यस अनुसार नै सदनमा बस्ने व्यवस्था मिलाइएको उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x