मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं — भाद्र शुक्ल पक्षको चतुर्थी तिथि अर्थात् आज बिहीवार गणेश चतुर्थी परेको छ । मान्यताअनुसार, गणेश चतुर्थीको राति चन्द्रमा दर्शन गर्न हुँदैन । चन्द्रमा देखिएमा चोर दोष लाग्छ ।
भूलवश चन्द्रमा देखिएमा यो मन्त्रोच्चारण गर्नुपर्छ :
सिंहः प्रसेन मण्वधीत् सिंहो जाम्बवता हतः ।
सुकुमारक मा रोदीस्तव ह्येषः स्यमन्तकः ।।
अर्थात्, सिंहले प्रसेनलाई मार्यो अनि सिंहलाई जाम्बवानले मारे । हे सुकुमार बालक, तिमी नराऊ, यो तिम्रै स्यमन्तक मणि हो ।
यो मन्त्रको प्रभावले झुटो आरोप लाग्दैन । आरोप लागेमा यही मन्त्रले आरोपमुक्त बनाउँछ ।
भगवान् गणेशलाई हात्तीको टाउको जोडिएपछि उहाँको नाम गजवदन हुन पुग्यो । मातापितालाई पृथ्वी मानेर परिक्रमा गरेका कारण उहाँ अग्रपूज्य हुनुभयो । सबै देवताले उहाँको स्तुति गरे तर चन्द्रमा चाहिँ मन्द मन्द मुस्कुराइरहे । उनलाई आफ्नो सौन्दर्यको अभिमान थियो ।
गणेशजीले थाहा पाइहाल्नुभयो, चन्द्रमाले अभिमानवश उहाँको अपमान गरिरहेका थिए । क्रोधवश भगवान् गणेशले चन्द्रमालाई श्राप दिनुभयो – तिमी कालो होइजाऊ ।
चन्द्रमालाई आफ्नो भूल अनुभव भयो । उनले श्रीगणेशसँग माफी मागे । त्यसपछि उहाँले सूर्यको प्रकाशबाट तिमीले बिस्तारै बिस्तारै आफ्नो स्वरूप प्राप्त गर्नेछौ भन्नुभयो । तर आज भाद्र शुक्ल चतुर्थीका दिन तिमीलाई दिइएको दण्डका लागि सदा याद गरिनेछ । आजको दिन तिम्रो दर्शन गर्ने मानिसमा चोरीको झुटो आरोप लाग्नेछ । त्यसैले भाद्र शुक्ल चतुर्थीमा चन्द्रदर्शन गर्न मिल्दैन ।
आजैको दिन श्रीकृष्णले झुक्केर चन्द्र दर्शन गर्नुभएछ । त्यसपछि कुनै समयमा उहाँमाथि मणि चोरीको झुटो आरोप लाग्यो ।
सत्राजित् नामक एक यदुवंशीले सूर्य भगवानलाई प्रसन्न गरेर स्यमन्तक मणि प्राप्त गरेका थिए । त्यो मणिले प्रतिदिन स्वर्ण दिन्थ्यो ।
एक दिन सत्राजित् राजा उग्रसेनको दरबार आए । त्यहाँ श्रीकृष्ण पनि हुनुुहुन्थ्यो । श्रीकृष्णले त्यो मणि राजा उग्रसेनसँग भए कति राम्रो हुन्थ्यो भनी सोच्नुभयो ।
सत्राजितले यो कुरा चाल पाए । अनि उनले मणि भाइ प्रसेनलाई दिए । एक दिन प्रसेन जंगल गए । त्यहाँ एक सिंहले उनलाई मारिदियो । उनी नफर्किएपछि मानिसले श्रीकृष्णमाथि शंका गरे, मणिको लोभमा श्रीकृष्णले नै प्रसेनलाई मारेको हुनुपर्छ ।
तर मणि त सिंहको मुखमा अड्केको थियो । जाम्बवान भालुले सिंहलाई मारेर मणि लिए ।
श्रीकृष्णले आफूमाथि झुटो आरोप लागेको थाहा पाएपछि जंगल जानुभयो र जाम्बवानको गुफामा पुग्नुभयो । जाम्बवानसँग मणि लिनका लागि उहाँले १२ दिनसम्म युद्ध गर्नुभयो ।
पछि जाम्बवानले थाहा पाए, श्रीकृष्ण त भगवान् श्रीरामकै अवतार हुनुहुँदो रहेछ । त्रेतायुगमा श्रीराम जाम्बवानका स्वामी हुनुहुन्थ्यो ।
जाम्बवानले खुशीका साथ मणि फर्काए र आफ्नी छोरी जाम्बवतीलाई पनि श्रीकृष्णसँग बिहे गरिदिए । श्रीकृष्णले त्यो मणि सत्राजितलाई सुम्पिदिनुभयो ।
यो प्रसंग सुनेमा पनि आजको दिनमा चन्द्रदर्शन दोष लाग्दैन भन्ने मान्यता छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...