×

NMB BANK
NIC ASIA

निर्माण व्यवसायी महासंघको महासचिवमा गौतमको उम्मेद्धवारी घोषणा

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् । 

Muktinath Bank

आइतबार पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसकोलागि आफ्नो उम्मेदारी रहेको स्पष्ट पारे । 
उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तिब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएका त्रुटिहरुलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूहरु दुई दशकभन्दा बढि काम गरेको अनुभव रहेको सुनाउँदै गौतमले भने,‘मसँग मुलुकभित्र र बाहिर गरि लामो समय काम गरेको अनुभव छ । ईलाम जिल्ला कार्यसमितिमा  एक कार्यकाल, पूर्वाअञ्चल क्षेत्रीय निर्माण व्यवसायीमा एक कार्यकाल हुँदै केन्द्रीय सदस्यमा रहेर एक कार्यकाल बिताएको छु । अब म लड्ने भनेको नै महासचिवमा हो, मेरो भीजन भनेको ५० वर्ष पहिले दक्षिण कोरियाले अवलम्बन गरेको विकासको मार्ग जसरी अघि बढ्नुपर्छ भन्ने हो, हामी विकासमा धेरै पछि छौं, सरकारले क्षमता अनुसारको काम दिने हो भने समयमै काम सकिन्छ, निर्माण व्यवसायीहरुले पनि आफ्नो क्षमताकै आधारमा काम लिने हो भने काम समयमै सकिन्छ, गुणस्तर पनि आउँछ ।’


Advertisment
Nabil box
Kumari

केही गल्तिहरु आफहरुको पनि रहेको सुनाउँदै उनले भने,‘हामीहरुबाट पनि केही गल्तीहरु भएका होलान्, क्षमता अनुसारको काम दिने ऐन हुने हो भने कामको गुणस्तर र समय दुबै मिल्छ, त्यसपछि हामीलाई कुनै प्रकारको आलोचना गर्ने ठाउँ भेटिदैन, अर्को कुरा हाम्रो संगठनका सहकर्मीमाथि हेर्ने दृष्टिको बद्लिनुपर्छ, राज्यको पैसा कर्मचारी, निर्माण व्यवसायीको माध्ययमबाट जनताकोबीचमा पैसा आउने हो, जसमध्ये निर्माण व्यवसायीको माध्यममार्फत अलि बढि पैसा जनताकोबीचमा आउने हुनाले हेर्ने दृष्टि फरक हुन गएको छ, सूरक्षाको हिसाबमा सरकारले सजक हुनैपर्छ ।’ 

Vianet communication

गौतमले निर्माण कार्य गुणस्तरीय नहुनुको पछाडि व्यवसायीहरुको मात्रै दोष नभएर निर्माण सामाग्रीहरुको कमसल लगायतका अरु थुप्रै कारणपनि हुन सक्ने सुनाए । 

उनले अघि थपे,‘विकास निर्माणको बारेमा सरकार र निर्माण व्यवसायीबीच अन्योन्याश्रीत सम्बन्ध छ, विकासको मुख्य जिम्मा सरकारको भएपनि त्यसको अभिन्न अंग हामीनै हो, हामी उद्योगको पनि उद्योग हो, सरकार, विज्ञ, निर्माण व्यवसायी सम्बन्धित् पक्षसँगको बृहत्त छलफल गर्ने र त्यसको आधारमा विकासका कामहरु हुनुपर्छ ।’ 

त्यस्तै उनले सार्वजनिक खरिद ऐनमा रहेको कम मुल्यमा कबुल गर्नेले ठेक्का पाउने उल्लेखित व्यवस्थालाई सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यो व्यवस्थालाई सुधार गरियो भने गुणस्तरीय काम हुन्छ । मेरो यसमा धेरै जोड रहेको छ ।’

उनले अघि सारेका मुख्य एजेण्डाहरुमा निर्माण व्यवसायीहरुको क्षमता अनुसार काम पाउनुपर्ने र सरकार र निर्माण व्यवसायीहरुबीच स्थानीय तहदेखि केन्द्रसम्म बृहत्त छलफल तथा अन्तरक्रिया गरेर यस क्षेत्रका सबै समस्या समाधान गर्न सकिन्छ भन्ने रहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x