कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
असोज १, २०७५
काठमाडौं – असैह्य प्रसव पीडा छल्न शल्यक्रियामार्फत् सुत्केरी हुन चाहने गर्भवती महिलाको संख्या बढेको छ । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं प्राध्यपक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो समय शल्यक्रिया गरेर बच्च जन्माउन चाहनेको संख्या बढ्दै गएको हो ।
‘आजभोलि मानिसहरू पीडा सहनै चाहँदैनन्, डाक्टरले डेलिभरी गराइदिने हो भन्ने सम्झन्छन्, त्यसैले सामान्य अवस्थामा पनि शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनेहरू बढेका छन् ।’
सरकारी अस्पतालभन्दा निजी अस्पतालहरूले गर्भवतीको इच्छाअनुसार सहजै शल्यक्रिया गरिदिने भएकाले यस्तो इच्छा राख्नेहरू निजी अस्पतालतर्फ आकर्षित हुने गरेका छन् । तोकिएको शुल्क तिरेपछि सहजै आफूले भनेजस्तो गराउन सकिने भएकाले निजी अस्पतालमा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा. गौतमको भनाइ छ ।
‘नर्मल डेलिभरी त दिउँसो, राति जुनसुकै समयमा पनि हुनसक्छ, तर अप्रेसन त डाक्टरले समय मिलाएर गर्न सक्छन् । दिउँसोमा अप्रेसन गरिदियो राति आउनै परेन,’ उनले भने, ‘त्यसैले पनि निजी अस्पतालमा शल्यक्रिया गरेर डेलिभरी गराउनेहरू बढी छन् ।’
नर्मल डेलिभरी गराउँदा यौनाङ्ग च्यातिने र यसले यौन जीवनमा असर पर्ने भन्दै शल्यक्रियामार्फत सुत्केरी हुन चाहनेहरू पनि छन् । नर्मल डेलिभरीबाट यौन जीवनमा असर पर्ने कुरा भ्रम मात्रै भएको डाक्टर गौतम बताउँछन् ।
‘नर्मल डेलिभरीले पनि यौन जीवनमा कुनै असर पर्दैन । बच्चा जन्माएपछि यौन जीवन आनन्दमय हुँदैन भन्नु भ्रम मात्रै हो,’ उनले भने ।
शल्यक्रियामार्फत् सुत्केरी हुनेहरूको संख्या बढ्नुको अर्को कारण ढिला बच्चा जन्माउने चाहना पनि हो । पढाई सकेर आफ्नो करियर बनाएर मात्र विवाह गर्ने र त्यसपछि ढिला सन्तान जन्माउनेहरूमा जोखिम बढी हुन्छ ।
उमेर छिप्पिँदै गएपछि बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुने डा. गौतमको भनाइ छ । यस्तो अवस्थामा चिकित्सकहरू पनि जोखिम मोल्न चाहँदैनन्, र शल्यक्रिया नै रोज्छन् ।
कस्तो अवस्थामा शल्यक्रिया आवश्यक ?
आमाको पाठेघरको मुखभन्दा शिशुको टाउको ठूलो भएमा
साल पाठेघरको तल्लो भागमा भएको अवस्थामा
पाठेघरभित्र शिशु तेस्रो पोजिसनमा भएमा
शिशुको मुटुको चाल गडबड भएमा
एचआईभी, क्यान्सर लगायतका दीर्घ रोग भएकी गर्भवती भएमा
प्रसव पीडा सहँदा आमाको ज्यान जोखिम हुने भएमा मात्र अस्पतालले शल्यक्रियामार्फत् सुत्केरी गराउनुपर्ने हुन्छ ।
शल्यक्रियामार्फत् सुत्केरी गराउँदा यस्तो जोखिम
धेरै रगत बग्न सक्छ ।
घाउ पाक्न सक्छ ।
शल्यक्रिया गरेर सिलाएको ठाउँमा फुस्किएर पेट फेरि खोल्नुपर्ने हुनसक्छ ।
आमा बच्चालाई संक्रमणको जोखिम हुन्छ ।
नर्मल डेलिभरी राम्रो
नर्मल डेलिभरीले आमा र शिशु दुवैलाई राम्रो गर्ने डा. गौतमको भनाइ छ । नर्मल डेलिभरी गराउँदा आमाले मात्रै नभइ शिशुले पनि शक्ति निकाल्नुपर्छ । आमाको पाठेघरबाट बाहिर निस्किन शिशुले बल गर्दा उसको शारीरिक र मानसिक अवस्था पनि बलियो हुने डा. गौतम बताउँछन् ।
‘अप्रेसनभन्दा नेचुरल्ली डेलिभरी गर्नु सय गुणा ठीक हो,’ डा. गौतमले लोकान्तरसँग भने, ‘सामान्य अवस्थामा नर्मल डेलिभरी नै गराउनुपर्छ । अझै पहिलो सन्तान हो भने त सकेसम्म प्राकृतिक डेलिभरी नै गराउनुपर्छ ।’
दुई पटकभन्दा बढी शल्यक्रिया गर्दा महिलाको ज्यान जोखिममा पर्नसक्छ । सोही कारण पनि नर्मल डेलिभरी नै उपयुक्त हुने उनको सुझाव छ ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...