मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं — खाना खाइरहेको बेलामा पानी पिउँदा स्वास्थ्यमा हानि पुग्छ भनिरहेका हुन्छन् धेरैजना ।
खानासँगै पानी पिउँदा शरीरमा टक्सिनहरू जम्मा हुने र त्यसले अनेकौं रोग निम्त्याउने उनीहरू बताउँछन् ।
तर विभिन्न स्वास्थ्यविज्ञहरूको भनाइ बेग्लै छ । खाना खाँदाखेरी पानी पिउँदा कुनै हानि हुँदैन । बरू सबैजनाले खाना खाँदा पानी पिउनुपर्छ । यसले खानालाई पचाउन सहायता गर्छ ।
तर त्यसो भन्दैमा टन्न पानी पिउनु चाहिँ हुँदैन, उनीहरू भन्छन् । अनि खाना खानेबित्तिकै पानी पिउनु हुँदैन ।
शरीरमा भएका एन्जाइमहरू र ग्यास्ट्रिक जुसहरूले खाना पचाउन मद्दत गर्छन् । तर खाना खानेबित्तिकै पानी पिउँदा चाहिँ यी सबै एन्जाइम पानीसँग घुलेर पाचन प्रक्रियामा बाधा पुग्छ । अनि शरीरलाई खानामा भएका पोषणतत्त्वबाट
सही फाइदा पुग्दैन ।
आयुर्वेदविज्ञहरूका अनुसार, खाना खानुभन्दा ठीकअघि र पछि पानी पिउनुहुँदैन । त्यसले पाचन प्रक्रियालाई गडबड पार्छ ।
तर खाना खाँदै गर्दा पानीको चुस्की लिँदा पेटमा भएका जुस र एसिडलाई पानीले पोषण सोस्न मद्दत गर्छ र कब्जियतको समस्या हुन दिँदैन ।
खाना खाँदै गर्दा एक गिलास पानी बिस्तारै बिस्तारै पिउनुपर्छ ।
खाना खाएको आधी घन्टापछि मात्र पानी पिउनुपर्छ किनकि खाना पच्न शुरू गर्दा शरीरमा तरल र ठोसको अनुपात कायम रहनुपर्छ ।
तर खाना खानेबित्तिकै पानी पिउँदा त्यो अनुपात बिग्रन्छ र खाना पच्न लाग्ने समय बढ्छ । आधी घन्टापछि भने शरीरभित्र पाचन प्रक्रियाको दोस्रो चरण शुरू हुन्छ र पाचनतन्त्रमा असर पर्दैन ।
एजेन्सी
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...