×

NMB BANK
NIC ASIA

संविधान दिवसमा राउटेको सहभागिता, प्रदेश सरकारबाट थुप्रै आशा

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशमा विविध कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

Muktinath Bank

संविधान दिवस मनाउन नेपालकै लोपोन्मुख समुदाय राउटे पनि सहभागी भएका छन् । ‘राज्यले सहयोग गर्छ कि भनेर हामी आएका हौं,’ राउटे मुखिया वीरबहादुर शाहीले भने, ‘हाम्रा जनतालाई चामल र कपडा चाहिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नयाँ सरकार बनेको र आफूहरू दैलेखमा बसिरहेका कारण प्रदेश सरकारबाट सहयोग पाउनेमा विश्वास लिएको बताए । ‘हाम्रा नजिकै सरकार छ,’ उनले भने, ‘सरकारले हामीलाई पनि प्रस्तुति गर्न दिएको छ, हामीलाई खानेकुरा र लगाउने कुरा पनि दिन्छ भन्ने हामीलाई आशा छ ।’


Advertisment
Nabil box
Kumari

नेपाली सेना, नेपाल प्रहरी, स्काउट, विभिन्न विद्यालय सहित विभिन्न झाँकीहरू प्रस्तुत गरेर संविधान दिवस मनाइएको हो । बुधवार आयोजना गरिएको समारोहमा सहभागी वीरेन्द्रनगर–१२ का महेश शाहीले आफूलाई पहिलो पटक प्रदेश सरकार भएको महसुस भएको बताए ।

Vianet communication
Laxmi Bank

‘विगतमा संविधान दिवस यसरी भव्यताका साथ मनाएको मलाई जानकारी छैन,’ उनले भने, ‘तर, योपालि सरकारले असाध्यै तामझामका साथ दिवस मनाएको छ । लाग्छ, अब काठमाडौंको सिंहदरबार साँच्चिकै सुर्खेतमा आइपुगेछ ।’ उनले टीभीमा परेड खेलेको देखेपनि यो वर्ष भने प्रत्यक्ष देख्न पाइएको बताए ।

कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संविधानले धेरै मौलिक अधिकार नागरिकलाई दिएको बताए । ‘संविधानले हामी सबैलाई धेरै अधिकार दिएको छ,’ मन्त्री भण्डारीले भने, ‘अधिकार संविधानमा दिएर मात्रै नहुने भएका कारण संविधानको सफल कार्यान्वयन हुन आवश्यक छ ।’ उनले संविधानलाई कार्यान्वयन गर्न सकेको खण्डमा नेपाल साँच्चिकै समृद्ध देश बन्ने बताए ।

‘दिवस मनाइरहँदा सिन्दुर पुछिएका आमाहरू, टुहुरा बालबालिका, गरीब, विपन्नले संविधानसँग नै प्रश्न गरिरहेका छन्,’ कानूनमन्त्री भण्डारीले भने, ‘ती प्रश्नको जवाफ मौलिक हक हो, तर कार्यान्वयन पूर्ण रुपमा गर्नुछ ।’

उनले विगतको शासन व्यवस्थालाई फालेर जनताको चाहना बमोजिमको संविधान बनाउन धेरैले शहादत प्राप्त गरेका बताए । ‘यो संविधान बनाउन हजारौं शहीदले बलिदान दिएका छन्,’ उनले भने, ‘ती हजारौं शहीदको सम्मान गर्न संविधान कार्यान्वयन आवश्यक छ र प्रदेश सरकार त्यसमा प्रतिबद्व छ ।’

‘जनताको अधिकारका लागि १० वर्षे युद्ध भयो, त्यसमा मृतको बलिदानीको फल हामीले पाएको छौं, घाइतेले अहिले बैशाखीको भरमा जीवन गुजारिरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘ती बैशाखीको भरमा बाँचेकाहरूले पनि अहिले संविधानसँग प्रश्न गरेका छन् तर जवाफ पुग्न सकेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x