कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
बुटवल – प्रदेश नम्बर ५ को सरकारले अत्यावश्यक कानून निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सभाको दोस्रो अधिवेशन सकिएको र तेस्रो अधिवेशन शुरू भएपछि त्यसमा पेश गर्ने गरी सम्बन्धित मन्त्रालयले कानूनको मस्यौदा निर्माणलाई तीव्रता दिएका हुन् ।
६ वटा मन्त्रालय रहेको प्रदेश ५ मा ५० भन्दा बढी कानूनको मस्यौदा निर्माण भइरहेको मुख्यमन्त्री तथा मान्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्री सुर्दशन बरालले सामाजिक विकास मन्त्रालयले संस्थाको दर्ता, स्वीकृति, नियमन, प्रादेशिक खेलकुद परिषद् गठन तथा शिक्षा र स्वास्थ्यको नियमनसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिए ।
संघीय सकारले बनाएर पठाउनुपर्ने मस्यौदा अहिलेसम्म नआएको र कर्मचारीको दरबन्दी पनि अहिलेसम्म पूर्ति नभएका कारण मस्यौदा निर्माणमा ढिलाइ भएको उनले स्वीकार गरे ।
शून्य अवस्थाबाट काम शुरू गरेको प्रदेश सरकारले सबै कानून निर्माण गरिसक्न करीब १ वर्ष लाग्ने जनाएको छ । आवश्यकता हेरी कानून निमार्णलाई प्राथमिकता दिने मन्त्रालयहरूको तयारी छ ।
सामाजिक विकास मन्त्रालयले १५ वटा कानूनको फाइलिङ गरेको छ । जसमध्ये पहिलो चरणमा ८ वटा कानूनको मस्यौदा अन्तिम चरणमा छलफल भइरहेको छ ।
उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयले वन ऐन, औधोगिक व्यवसाय ऐन, खानी अन्वेषण र व्यवसाय ऐन, पर्यटन ऐन, उपभोक्ता संरक्षण ऐन लगायत १० वटा ऐनको मस्यौदा प्रदेश कानून तथा मस्यौदा सुझाव आयोगमा पठाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक मापदण्ड ऐन, ऊर्जा तथा जलस्रोत ऐन, शहरी भवन तथा आवास ऐन, खानेपानी तथा सरसफाइ ऐनलाई प्राथमिकतामा राखेर मस्यौदा बनाउने काम भइरहेको जनाएको छ ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले पनि १० वटा कानूनको मस्यौदा तयार गरी कानून आयोगमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डे बताउँछन् । संघीय सरकारले नीतिगत मार्गदर्शन गर्नुपर्नेमा ढिलाइ भएको उनको भनाइ छ । अहिलेसम्म १० वटा मस्यौदा कानून आयोगमा छलफल गरेर आइसकेको उनले बताए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले जलस्रोत नीति र सवारी तथा यातायात नीति तयार भइसकेको बताए ।
पहिलो चरणमा सवै महाशाखाले आगामी वर्ष काम गर्नका लागि चाहिने ऐनहरू तयार गरिरहेको उनले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रलायले प्रदेश प्रसारण ऐन, विभुषण प्रदान गर्ने सम्बन्धी ऐन, संस्था दर्तासम्बन्धी ऐन, विपद्कोष सञ्चालन निर्देशिका, प्रदेश सञ्चार नीतिको मस्यौदा बनाइ सुझाव संकलनका लागि छलफल शुरू गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रादेशिक दाना पदार्थ ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, सहकारी ऐन र पशु स्वास्थ्य जाँच ऐनको मस्यौदा तयार गरेको छ ।
मस्यौदा संसद्को कृषि वन तथा वातावरण समितिमा थप छलफलका लागि पठाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धित नीति निर्माणमा लागेको छ ।
एक सयभन्दा बढी कानून बनाउनुपर्ने प्रदेश सरकार कामको प्राथमिकताको आधारमा कानूनको मस्यौदा बनाउन व्यस्त छ ।
सरकारकारले संसदमा पेश गरेका १५ वटा विधेयक पास भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् ।
संघले कानून बनाउन ढिला गर्दा प्रदेशले कानून बनाउन अप्ठ्यारो भएको मन्त्रीहरूको गुनासो छ । यति मात्र हैन सरकार बनेको ७ महिना बितिसक्दा समेत मन्त्रालयहरूमा कानून अधिकृतको दरबन्दी पूर्ति हुन सकेको छैन । जसका कारण कानूनको मस्यौदा बनाउन ढिलाइ भइरहेको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...