×

NMB BANK
NIC ASIA

इरान आक्रमण : अन्त्येष्टि समारोहमा दशौँ हजारको सहभागिता

असोज ८, २०७५

NTC
Premier Steels

इरान- इरानमा सैनिक कवाज (परेड) भइरहेको स्थानमा शनिबारको आक्रमणमा ज्यान गुमाएका सैनिक तथा सर्वसाधारणको सोमबार भएको अन्त्येष्टि समारोहमा दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । 

Muktinath Bank

सेनाले इरान–इराकबीचको युद्ध (सन् १९८०–१९८८) शुरुभएको दिनको स्मरणमा अहभाजमा गरेको सैनिक कवाजमा चार जना लडाकूले अन्धाधुन्ध गोली चलाउँदा २४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ इरानी सैनिक तथा सर्वसाधारण घाइते भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको थियो । 


Advertisment
Nabil box
Kumari

घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुनसक्ने बतायो । 

Vianet communication

इरानी अधिकारीले उक्त आक्रमणमा खाडी मुलुक साउदी अरबका सहयोगी तथा अमेरिकाको हात रहेको बताइएको अरवी पृथकतावादी समूहको आक्रमणको विरोध र मृतकका आफन्तप्रति सहानुभूति जनाउन दशौँ हजार मानिस घटना भएको शहर अहभाज भेला भएका इरानी सञ्चारमाध्यमले जनाएका छन् । 

अन्त्येष्टि समारोहको रिपोर्टिङमा रहेका एएफपी सम्वाददाताले भने, “अन्त्येष्टि समारोहमा सहभागी धेरैजसो व्यक्ति कालो पहिरनमा थिएभने उपस्थित सर्वसाधारण तथा सेनाले इरानी झण्डा ओढाइएका कफिन (शब राखिएका वाकस)लाई बोकेका थिए । केहीले मृतकका फोटो भएका प्लाकार्ड बोकेर अन्तिम संस्कारका लागि अघि बढेका थिए ।” 

“हामी आतङ्कवादलाई परास्त गर्ने अन्तिम यात्रामा रहेका छौँ,” शबयात्राका क्रममा व्यानरमा लेखिएको नारा देखाउँदै एक सहभागीले आक्रोस पोखे । 

टन्टलापुर घाममा शहरको मध्यभागबाट शुरूभएको शबयात्रामा पसिना झार्दै शुरुदेखि अन्त्यसम्म सहभागिता जनाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x