×

NMB BANK
NIC ASIA

पूँजीबजारमा टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

असोज २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

–रमेश लम्साल 

Muktinath Bank

काठमाडौँ- बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो । 


Advertisment
Nabil box
Kumari

गत साता टेलिकमको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड थियो । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै दोस्रो नम्बरमा रहेको नवील बैंकको बजार पूँजीकरण रु ७४ अर्ब ८३ करोड छ । गत साता सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो । यस साता करीब रु एक अर्ब बराबरको मूल्यमा कमी आएको हो । 

तेस्रोमा यस साता पनि नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब ९१ लाख ९० हजार बजार पूँजीकरण मूल्य पुग्दा गत साताको तुलनामा केही वृद्धि भएको हो । गत साता सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो । 

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५६ अर्ब ८० लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ । गत साता रु ५५ अर्ब २७ करोड रहेको थियो । पाँचौँमा पुनःएभरेष्ट बैंक नै रहन सफल भएको छ । सो बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख पुगेको छ । गत साता रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ । 

यस्तै हिमालयन बैंकको रु ४२ अर्ब ८४ करोड हुन पुगेको छ । गत साता रु ४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको पनि बजार पूँजीकरण घटेको छ । गत साता रु ४१ अर्ब रहेकामा यस साता रु ४० अर्ब ८९ करोड बराबर हुन पुगेको छ । 

यस्तै नेपाल एसबीआइ बैंकको पनि बजार पूँजीकरणमा गिरावट आएको छ । गत साता रु ३९ अर्ब ५९ करोड रहेकामा यस साता रु ३९ अर्ब दुई करोडमा सीमित भएको छ । एनआइसी एशिया बैंकको भने सामान्यरुपमा वृद्धि भएको छ । गत साता रु ३४ अर्ब १३ करोड रहेकामा यस साता सामान्य वृद्धि भई रु ३४ अर्ब ६१ करोड माथि पुगेको छ । 

त्यस्तै एनएमबी बैंकको पनि सामान्य वृद्धि भएको छ । गत साता रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेकामा यस साता रु ३१ अर्ब १२ करोडमाथि पुगेको छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो । 

यस्तै यस साता माछापुच्छ्रे« बैंकको ६७६ कित्ता, मेघा बैंकको २२७ कित्ता, सिभिल बैंकको २०६ कित्ता, सानिमा माई हाइड्रो पावरको २०२ कित्ता, प्रभु बैंकको १८९ कित्ता, नेपाल क्रेडिट एण्ड कमर्स बैंक १८९ कित्ता, जनता बैंकको १७२ कित्ता, एनएमबी बैंकको १७० कित्ता, एनआइसी एशिया बैंकको १६० कित्ता र नेपाल बैंक लिमिटेडको १५९ कित्ता शेयर कारोवार भएको छ । 

स्टकका अनुसार यस साता ती कम्पनीका शेयर सूचीकृत भएका छन् । त्यसमा पञ्चकन्या माईको एक करोड १० लाख कित्ता साधारण शेयर, कालिका पावर कम्पनीको ६० लाख कित्ता साधारण शेयर र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x