×

NMB BANK
NIC ASIA

पाकिस्तानमा कलिली बच्चीलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई दिइयो मृत्युदण्ड

असोज ३१, २०७५

NTC
Premier Steels

काठमाडौं — जैनाब फातिमा अमीनलाई पूर्वी पाकिस्तानको कसुर नामक ठाउँमा सडकबाट उठाएर लगिएको थियो । उनका भौतिक अवशेषहरू पाँच दिनपछि फोहरको थुप्रोमा भेटिएको थियो । 

ती बालिकाको शरीरमा २४ वर्षीय इमरान अलीको डीएनए भेटिएको थियो । अलीले जैनाब तथा अन्य चार बालिकको हत्या गरेको स्वीकारेपछि उनलाई चारवटा मृत्युदण्डको सजाय दिइएको थियो । 

‘अलीलाई बुधवार बिहान एकजना जेल अधिकारी र पीडितका पिताको उपस्थितिमा मृत्युदण्ड दिइएको छ,’ लाहोरको केन्द्रीय कारागारका एक अधिकारीले बताए । 

‘उनको मृत शरीर परिवारलाई दिइएको थियो र उनीहरूले त्यसलाई गाड्न लगे,’ उनले भने ।

जैनाबका पिता मोहम्मद अमीन अन्सारीलाई मृत्युदण्डको साक्षी बन्न दिइएको थियो । उनले न्यायपालिका, सरकार र अनुसन्धान अधिकारीहरूलाई चाँडो न्याय दिलाएकोमा धन्यवाद दिए । 

अन्सारीले इमरानलाई सार्वजनिक स्थानमा फाँसी दिनुपर्ने ताकि अन्य बलात्कारी तर्सिऊन् भन्ने माग राखेका थिए तर न्यायाधीशहरूले उनको निवेदन खारेज गरे । 

‘मेरी छोरी त फर्केर आउँदिनँ तर हामीले न्याय पाएकोमा म सन्तुष्ट छु,’ उनले भने । 

ती ६ वर्षीया बालिकालाई इमरान अलीले कुरानको कक्षामा जाँदै गर्दा आफूसँग लगेका थिए । 

पाँच दिनपछि उनलाई बलात्कार गरेर घाँटी थिची मारिएको अवस्थामा एउटा फोहरको थुप्रोमा भेटिएको थियो ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x