×

NMB BANK
NIC ASIA

मिथिलाको दशैंमा ‘झिझिया’ नाच : महिलाले देखाउँछन् नृत्यमा जोखिमपूर्ण र अद्भुत चमत्कार !

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – घटस्थापनाका दिनदेखि अहिले मिथिलाञ्चल क्षेत्रमा राति महिलाहरू अद्भुत नृत्य गरिरहेका छन् । ७ वटासम्म बलिरहेको आगो सहितको घैंटो टाउकोमा राखेर महिलाहरू समूहमै नृत्य गरिरहेका देखिन्छन् ।

Muktinath Bank

गीत गाउँदै महिलाहरू नृत्य गर्दै जाग्राम समेत बस्ने गरेका दृश्य जनकपुरधाम शहरदेखि गाउँगाउँसम्म देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधामको केन्द्रमै रहेको रामानन्द चोकस्थित रामानन्द युवा क्लबले आयोजना गरेको दूर्गापूजाको अवसरमा प्रत्येक दिन त्यहाँ त्यस्तो नृत्य प्रदर्शन गर्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

दशैंका बेला महिलाले देखाउने नाच हो ‘झिझिया’ । यसमा झिझियाको गीत बजिरहेको हुन्छ र करीब ६ जना युवती र १ जना अधबैसे महिलाले जोखिमपूर्ण नृत्य गरिरहेको हुन्छ । ती अधबैसे महिलाको टाउकोमा  ७ वटा घैंटो हुन्छ, जसमा दियो बलिरहेको हुन्छ । फेरि बलिरहेको दियोको आगोको ज्वाला पनि अधिक हुन्छ । यस्तो अवस्थामा घण्टौंसम्म महिलाले नथाकिकनै नृत्य गरिरहेका हुन्छन् ।

Vianet communication
Laxmi Bank

सामान्यतया झिझिया नृत्य गर्न सकिँदैन । केही पनि त्रुटि भयो भने शरीर नै जल्न सक्ने खतरा हुन्छ । झन् त्यो घैंटो भने घुमेको घुम्यै हुन्छ । घैंटोमा अनेकौं प्वालहरू हुन्छन र त्यो प्वाल कसैले गन्न नसकोस् भन्ने उद्देश्यले घैंटो पनि घुमिरहनुपर्ने हुन्छ । घैंटोमाथि दीयो बलिरहेको हुन्छ । अन्य युवती पनि सँगै नाचिरहेका हुन्छन् ।

घैंटोमा रहेको दीयो ननिभोस् भनेर अर्की सहयोगी महिलाले बलिरहेको दीयोमा तेल राख्ने गर्छन् र आगोको ज्वालाको प्रकाश झन् बढी हुन थाल्छ । जोखिमपूर्ण अवस्थामा पनि महिला घण्टौं नाचगान गरिरहेका हुन्छन् ।

सामान्यतया कुनै पनि मानिसले केही सामान्य कुरा पनि टाउकोमा राखेर नृत्य गर्न कठिन हुन्छ भने ७ वटासम्म आगो बलिरहेको घैंटो टाउकोमा राखेर नृत्य गर्नु भनेको असाधारण क्षमता हो । त्यसमा पनि महिला पेशेवर नर्तकी पनि हुँदैनन् । गाउँघरका सामान्य सर्वसाधारण गृहिणी महिला तथा युवती नाचगान गरिरहेका हुन्छन् । 

झिझिया नृत्यमा अत्यन्तै सन्तुलनको आवश्यकता पर्छ । पेशेवर नर्तकीलाई पनि त्यस्तो किसिमको नृत्य गर्न भनियो भने उसले धेरै पटक सोच्नुपर्ने हुन्छ । तर, मिथिलामा यस्तो अद्भुत झिझिया नृत्य गर्न महिलाहरू सफल हुने गर्छन् ।

के हो झिझिया ?

मध्यकालदेखि नै मिथिलामा आदिवासी जनजाति महिलाले बोक्सीको प्रभाव तथा प्रकोपलाई निस्तेज पार्नका लागि गाउँगाउँ, टोलटोलमा झिझिया नृत्य गर्ने गर्छन् । अहिले नेपालको कानूनमा बोक्सी भन्ने कुरा नरहेपनि प्राचीनकालमा मिथिलामा बोक्सी, भूतप्रेतको अत्यन्तै प्रकोप हुने मान्यता रहँदै आएको थियो । 

बोक्सीले दूर्गापूजाका अवसरमा बोक्सी सिक्नका लागि तन्त्र, मन्त्र गर्ने, सिद्धि प्राप्त गर्ने र त्यसपछि बोक्सी बनेर समाजमा नकारात्मक प्रभाव पार्ने चलन थियो । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त मैथिली विभाग प्रमुख परमेश्वर कापडी भन्छन्, ‘बोक्सीको प्रभाव आफ्ना परिवार छोराछोरीमाथि नपरोस् भन्ने उद्देश्यले महिलाहरू संगठित भएर गीत गुन्दै, बोक्सीलाई गालीगलौज गर्दै नाच्ने परम्परा झिझिया हो ।’

बलिरहेको घैंटोको दीयोको प्रकाश पुगेका ठाउँसम्म बोक्सीको कुप्रभाव नहुने विश्वास महिलामा रहने गरेको कापडी बताउँछन् । ‘कानूनले समाजमा बोक्सी, भूतप्रेत हुँदैन भन्ने मान्यता राखेको भएपनि मिथिला समाजमा विगतदेखि नै तन्त्रमन्त्र सिक्ने र त्यसको प्रभाव रहँदै आएको विश्वास गरिन्छ,’ उनले भने ।

नकारात्मक शक्तिको प्रहारलाई निस्तेज गर्न झिझिया नृत्य परम्परागत रूपमा चल्दै आएको उनी बताउँछन् । उनले भने, ‘जादू, टोना टापर त मिथिलामा सधैंदेखिको कुरा हो । नभए मानिसले मन्त्र किन जप्ने गर्छन् । मन्त्रको प्रभाव त अहिले पनि छ नि ! खास गरेर मन्त्रको उच्चारण गरेर शक्ति र सिद्धि प्राप्त गर्ने काम विशेष रूपले दूर्गापूजाको अवसरमा गर्ने गरिन्छ ।’

भगवतीलाई जगाएर शक्ति प्राप्त गर्ने अवसर भएका बेला तन्त्रमन्त्रको नकारात्मक प्रयोग गर्नेलाई बोक्सी भनिएको उनले बताए । उनका अनुसार बोक्सीको प्रहारबाट बच्नका लागि महिलाहरू झिझिया नाच गरेर जागरण गर्ने परम्परा रहँदै आएको छ ।

‘घैंटोमा रहेको प्वाललाई यदि बोक्सीले गन्न सक्यो भने नृत्य गरिरहेकी महिलाको अनिष्ठ हुन सक्ने समेत विश्वास रहेकाले नृत्य गर्ने बेला महिलाहरू घैंटोलाई पनि नचाइरहेका हुन्छन्,’ मैथिली भाषा रंगमंचका वरिष्ठ अभिनेता रामनारायण ठाकुर भन्छन्, ‘मिथिलाभूमि भनेको तन्त्रमन्त्रको पनि भुमि हो, यहाँ दूर्गापूजाका अवसरमा बोक्सीले आफ्नो तन्त्रमन्त्रलाई जगाउने गर्छन् र त्यसको प्रहारबाट बच्न महिला संगठित भएर जागरण गर्ने गरेका हुन्छन् झिझियामा ।’

झिझिया नृत्यले विगतदेखि नै महिलालाई स्वतन्त्रता रहेको देखाउने मैथिली भाषाका गीतकार तथा साहित्यकार अशोक दत्तले बताए । ‘गाउँ समाजको सार्वजनिकस्थलमा आएर संगठित भएर नृत्य गर्न सक्ने, गीत गाउन सक्ने अवस्थासम्म थियो, त्यतिबेलाको समाज पनि महिलाप्रति उदार थियो भन्ने कुरा समेत झिझिया नृत्यबाट बुझ्न सकिन्छ,’ मैथिली भाषाका गीतकार तथा साहित्यकार अशोक दत्तले भने, ‘महिलाको स्वतन्त्रता, उन्मुक्ति त्यतिबेलाको समाजमा पनि मिथिलामा थियो भन्ने कुरा पनि नृत्यबाट बुझ्न सकिन्छ ।’

झिझियामा गाइने लोकगीत मिथिलामा हजारौं वर्षदेखि लोककण्ठमा उच्चारित हुँदै आएको र झिझिया मिथिला सभ्यताको एउटा गौरवपूर्ण संस्कृति रहेको ८२ वर्षीय प्राध्यापक महेन्द्रनारायण मिश्र बताउँछन् । ‘सामान्य घैंटोमा कसैले त्यति प्वाल पार्न सक्दैन, प्वाल पार्यो कि फुट्न सक्छ । तर, त्यसरी घैंटोमा प्वाल पार्न सक्नु, दीयो सहितको घैंटो टाउकोमा राखेर नृत्य गर्नसक्नु भनेको एक किसिमले चमत्कार नै हो,’ मिश्रले थपे, ‘मेरो गाउँ महोत्तरीको पिपरामा अहिले पनि १४ वटा घैंटो राखेर प्रत्येक दिन झिझिया नाच भइरहेको छ ।’ विगतभन्दा झिझिया नाच बिस्तारै लोप हुँदै गएको छ । 

कुम्हार समुदायले झिझियाका लागि विशेष तयारी गरेर झिझरी बनाउने गर्छन् । घटस्थापनादेखि विजयादशमीसम्म कुल भगवती कहाँ घैंटो (झिझरी) लाई राख्ने गरिन्छ । मिथिलामा कुम्हार समुदायले पेशागत र परम्परागत रूपमै माटोको भाँडो बनाउने गर्छन् ।

घटस्थापनादेखि शुरू हुने झिझिया नाच विजयादशमीका दिन सम्पन्न हुन्छ । पोखरीमा लगेर झिझियाका लागि बनाइएको घैंटो (झिझरी) लाई बिसर्जन गर्ने परम्परा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x