×

NMB BANK
NIC ASIA

शहीद परिवारमाथि राज्यमन्त्रीको शोषण, कांग्रेस नेता भण्डारीले मनाए फरक शैलीको दशैं

कात्तिक ४, २०७५

NTC
Premier Steels

काठमाडौं– मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ ।

Muktinath Bank

शहीदको बलिदानपछि जितेर अहिले मन्त्रीसम्म बन्न सफल भएपनि मन्त्रीबाटै शहिद परिवारको शोषण हुने गरेको पाइएको छ । मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिएपनि श्रम र आर्थिक शोषण गरिएको पीडित शहीद परिबारले आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले शहीद परिवारलाई रोजगारी दिएपनि श्रम शोषणका साथसाथै तलबमा हिनामिना गरिरहेको आरोप लागेको छ । मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिकास्थित बखरी गाउँका शहीद अमित कापरको परिवारलाई राज्यमन्त्री शर्माले रोजगारी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

शहीद अमित कापरकी आमा चन्द्रकला देवीले लोकान्तरलाई दिएको जानकारी अनुसार राज्यमन्त्री शर्माले छोरा सुजित कापरलाई भान्सेको जागिर दिएपनि एकै जनाको तलबमा २ जना छोरालाई काममा लगाइएको छ ।

Vianet communication

गत साउन १० गते भान्सेमा छोरालाई नियुक्ति दिएपछि ३ महिनाको तलब दिए तर शुरूमा दशैं पेश्की काटेको उनले बताइन् । त्यसपछि स्थानीय पत्रकारलाई भनेपछि दशैं पेश्की मिलेको उनले बताइन् ।

‘शुरूमा ३ महिनाको तलब दिनुभयो । तर, दशैं पेश्की भने काट्नुभयो,’ उनले भनिन्, ‘मन्त्री ज्यूको स्वकीय सचिव सुरेश ठाकुरले मेरो श्रीमान रामबृछ ठाकुर (शहीद अमितका बुवा) लाई जलेश्वर लगेर दशैंको पेश्की काटिएको छ, पाउनुहुन्न भनेर बाँकी तलब दिनुभयो । तर, दशैंको पेश्की भने दिनुभएन ।’

शहीद अमितकी पत्नी मन्तोरिया देवीका अनुसार सुनित र सञ्जितले १५ दिनसम्म मन्त्री निवासमा खाना पकाउने काम गरेको बताइन् । ‘तर, तलब १८ हजार रुपैयाँबाटै दुवैलाई बाँडेर दिने कुरा गर्नुभएको थियो,’ उनले भनिन्, ‘दुवै दाजुभाइ त्यहीँ पैसामा काम गर्ने हो भने गर, नत्र मलाई अर्को व्यक्ति पनि राख्नुपर्छ र त्यही पैसाबाट काटेर दिनुपर्छ भनेर समेत भनेका छन् ।’ बिहान ६ बजेदेखि राति ११ बजेसम्म निवासमा काम गरेर धेरै मिहिनेत हुने गरेको उनले बताइन् ।

शहीद परिवारको आरोपबारे बुझ्दा राज्यमन्त्री शर्माले त्यस्तो कुनै कुरा नरहेको दाबी गरे ।

कांग्रेस नेता भण्डारीको फरक शैलीको दशैं
दशैंको टीकाको दिन शुक्रवार आम नेपालीलाई आफन्तको हातमा टीका थाप्ने दौडधूप थियो । तर, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई अर्कै चटारो थियो दशैंको दिनमा पनि ।

पछिल्ला तीन वर्षदेखि नेता भण्डारीको दशैं गुल्मीको बढीगाड नदीको आसपासमा बस्ने बोटे, माझी र कुमाल बस्तीमा हुने गरेको छ । दशैंको अवसरमा उनले शुक्रवार मात्र ५ सय ५५ विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) र स्टेसनरी सामान बाँडेका छन् ।

दशैंको टीकाको साइतमा उनी गुल्मीको रुरु गाउँपालिकाको लक्ष्मी निमावि र आटिपाटा प्राविमा रहेका बोटे माझीको बस्तीमा पुगेका थिए । छत्रकोट गाउँपालिकाको झेर्दी निवावि तथा चन्द्रकोट गाउँपालिकाको ज्ञानोदव मावि र बाल उद्यान प्राविका विद्यार्थीलाई भण्डारीले कपडा र स्टेसनरी सामग्री बाँडे ।

दरवार देवीस्थान गाउँपालिकाको नरहरी मावि तथा माझी प्राविका बालबालिकालाई लुगा र स्टेसनरी सामान बाँड्दै माझी बस्तीमै उनले टीका लगाए ।  

‘नेपाल नमूना देश हुन्थ्यो, नेपालका नेताहरूले जे गर्दा पनि सिकेनन्, न जेल थुन्दा सिक्छन् न सत्तामा पुग्दा,’ भण्डारीले भने, ‘वरिपरि गरीब राखेर ठूलो महलमा बस्न रुचाउने नेताहरूबाट देश बन्दैन ।’ 

२०७० सालमा गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव जितेपछि भण्डारीले २०७३ सालदेखि माझी बस्तीमा दशैं मनाउन शुरू गरेका थिए । उनले आफ्नो तलब र भत्ता बोटे माझीका छोराछोरी पढाउनमा खर्च गर्ने बताएका थिए । 

‘आफन्तको हातबाट टीका लगाउन जान भ्याइन, माझी बस्तीमै रमाएँ,’ भण्डारीले भने, ‘दशैंमा गाउँमा जाने प्रत्येक परिवारले १ जना विद्यार्थीलाई शैक्षिक सामग्री लगिदिए मात्र पनि ५ वर्षमा गाँउमा आमूल परिवर्तन हुन्थ्यो ।’

कांग्रेस नेता भण्डारीले माझीका बालबालिका र महिलालाई टीका लगाएर जनही ५० रुपैयाँ दक्षिणा दिएका थिए । साथीभाइसँग चन्दा उठाएर भण्डारीले माझी बस्तीका महिलालाई समेत कपडा बाँडेका थिए । 


एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

 प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई शनिबार दशैँको टीका लगाइदिएका छन् । 

 सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् । 


शिशु हत्याको अभियुक्त पक्राउ

 महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

  प्रहरीले नलकटुवा पेस्तोलसहित सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।

  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 


भिरबाट लडेर महिलाको मृत्यु

    म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

    मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

    घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । 

३० हजार सहयाेग
    नुवाकोट विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराएको छ । 

    आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनँले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराएका हुन् । 

    
दुर्घटनामा दुईको मृत्यु, सात घाइते 
    
   रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

   मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

   ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो । 


सेतो घोडेजात्रा सम्पन्न    

    साँस्कृतिक महोत्सवका रूपमा बडादशैँेको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ । 
    प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिए । 

    जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ । 

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

   दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ । 

    आव २०७३÷७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४÷७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् । 

    हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ । 

मुसहरको सामूहिक टीका

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन्् । 

    बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ । धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरूका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताए । 

खुकुरी प्रहार गरी युवकको हत्या

 मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । 

 शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । 


    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x