प्रदेश सरकारको मातहतमा जिल्ला जनस्वास्थ्य कार्यालय, आफ्नो कार्यलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

कात्तिक ५, २०७५

काठमाडौं– सरकारले देशभरका ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरुलाई प्रदेश मातहतमा रही आफ्नो कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतरबार ७ वटै प्रदेश सरकारलाई परिपत्र गर्दै ७७ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो । 


ADVERTISEMENT

गत साउन एक गतेदेखि लागू भएको स्वास्थ्यको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । सो संरचना अनुसार प्रदेश नम्बर १, ५ र कर्णालीमा ६–६, प्रदेश नम्बर ३ र गण्डकीमा ५–५ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो ।

अघिल्लो पटक बनाइएको संरचनामा विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ समिति बनाइ नयाँ संरचनाको ढाँचा तयार पारेको छ ।

नयाँ बनेको समितिले ७ प्रदेशका ७७ जिल्लाका लागि ३५ वटा प्रदेश स्वास्थ्य कार्यलयले जनतालाई सेवा पु¥याउन कठिनाइ हुने भन्दै ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने प्रस्ताव समते अघि सारेको छ । 
मन्त्रालयले देशभरका जनस्वास्थ्य कार्यालयका कर्मचारी समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिहरुको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरुको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया शुरु गरेको जनाएको छ  । 

नयाँ प्रादेशिक संयन्त्र स्थापना नभएसम्मका लागि ७७ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयहरु प्रदेश सरकारको मातहतमा संचालन हुनेछ । 

कात्तिक ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस