५ लाख घुस लिने सह–न्यायधिवक्ताविरुद्ध मुद्दा दायर

कात्तिक २७, २०७५

काठमाडौं–ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग ५ लाख घुस लिने उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सह–न्यायधिवक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले भनेकाे छ–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले निजलाई रु ५,००,००० घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रु ५,००,०००।– (पाँच लाख ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


ADVERTISEMENT

कात्तिक २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस