पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | बैशाख १४, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएका छन् ।
शुक्रवार मन्त्रालयमा ‘वन डढेलो तथा आगलागीः हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफलमा गृहमन्त्री लामिछानेले आगलागी नियन्त्रणका लागि राज्यले गर्नुपर्ने काम नागरिकस्तरबाट भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरे ।
विपद्को सूचना र सम्भावित विपद्को जानकारी दुबै सरकारसँग पर्याप्त हुनुपर्छ । फेरि सूचना हुनुमात्र पनि महत्वपूर्ण होइन । प्राप्त सूचनाका आधारमा हामीले के गर्न सक्यौँ र के तयारी गरिरहेका छौँ त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘गतवर्षको तुलनामा अहिलेको अवस्था के छ ? गतवर्ष के गर्न सकियो, के गर्न सकिएन ? गतवर्ष भएका कमजोरी के हुन् ? यसवर्ष त्यसलाई सच्याउन क तयारी भइरहेको छ ? महत्वपूर्ण कुरा त्यो हो ।’
विगतमा विपद्पछि उद्दार र राहतमा धेरै अलमल हुनेगरेको बताउँदै गृहमन्त्री लामिछानेले अब त्यो नदोर्याउन आग्रह गरे ।
‘विगतमा विपद्पछि उद्दार र राहतमा धेरै अलमल हुनेगरेको छ । अब पनि त्यो दोहोरिनु हुँदैन । सम्भावित विपद्को अनुमान र आवश्यक सामग्रीहरूको चुस्त व्यवस्थापन भइरहनुपर्छ,’ उनले भने, ‘त्यसका लागि जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम छ कि छैन ? छैन भने समयमै गृह मन्त्रालयमा जानकारी गराउनू ।’
विपद् प्रभावितहरूलाई राहतको काममा कुनै ढिलाइ हुनु नहुनेमा गृहमन्त्री लामिछानेले जोड दिए । ‘आगलागी होस् या अन्य विपद्, प्रभावितहरूलाई राहतको काममा कुनै ढिलाइ हुनु हुँदैन । ठूलो विपत्ति आइपर्दा हुने समस्या स्वभाविक हो । तर दुई–चार सय नागरिक एकैपटक विपद्मा पर्दा खाना समेत खुवाउन नसक्ने अवस्थामा हामी छैनौँ । बेघर भएका नागरिक भोकभोकै हुने अवस्था अनाओस्,’ उनले थपे ।
सो अवसरका गृहमन्त्री लामिछानेले विपद्बारे जनचेतनाका लागि गरिएको रकम खर्चको प्रभावकारिताबारे जाँच गर्न पनि आग्रह गरे ।
‘आगलागी र बन डढेलोका सन्दर्भमा हामीले सम्प्रेषण गरेका सचेतना सामग्री प्रभावकारी भएका छन् कि छैनन् ? यसमा सोचौँ । मलाई लाग्छ विभिन्न माध्यमबाट प्रशारण भइरहने नियमित सामग्रीहरू प्रभावविहीन भइरहेका छन् । जनचेतनाका लागि रकम खर्च गरौँ तर त्यसको प्रभावकारिता पनि जाँच गरौँ,’ उनले भने ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...