कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ ।
त्यसैगरी, कर्जा तथा सापटीमा रु २६ अर्ब ५४ करोडले वृद्धि भई रु ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ । मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ ।
मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...