जिम्बाब्वे : अचानक बसमा आगो लागेपछि कम्तीमा ४२ जनाको मृत्यु

कात्तिक ३०, २०७५

काठमाडौं — जिम्बाब्वेको दक्षिणपश्चिम भागमा एउटा बसमा अचानक आगो लागेपछि ४० जनाभन्दा बढीको मृत्यु भएको छ । 

अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको शरीर नराम्ररी डढेको छ । बिहीवार बेलुका यो घटना भएको प्रहरी प्रवक्ता च्यारिटी चरम्बाले बताइन् । 

जिम्बाब्वे रेडक्रसले ट्विटरमा पोस्ट गरेको तस्वीरमा जलेको बसको अवशेष देखिन्छ । 

यो घटना राजधानी हरारेभन्दा ३४० माइल पर रहेको ग्वान्डा जिल्लामा भएको हो । 

‘अहिलेसम्म हामीलाई थाहा भएअनुसार ४२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ,’ चरम्बाले एएफपीलाई बताइन् । एकजना यात्रुले बोकेको ग्यास सिलिन्डर पड्केपछि यो घटना भएको भनी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । 

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार