×

NMB BANK
NIC ASIA

प्रथम वडिगाड महोत्सव- महोत्सवमा पौंदेलिको पहिचान न्वागी खुवाइने, आवश्यक तयारी पुरा

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रथम वडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाको उद्घाटनमा कार्यक्रम स्थलमा पुग्ने सवैलाई निशुल्क न्वागी खुवाउने व्यावस्था गरिएको छ। पौंदेलिको विशिष्ट पहिचान बनेको न्वागी को साइत सनिवार विहान ५ वजेर ४२ मिनेट जाँदा रहेको र नैरित्य दिशातर्फ फर्र्किएर भगवान् विष्णुलाई अर्पण गरि खानुपर्ने नैन प्रसाद आचार्यले बताए । महोत्सवको पहिलो दिन न्वागीको साइत परेको ले सो दिन सवै आगन्तुक पाहुना सहित सवै दर्शकलाई तथा अतिथिहरुको लागि मेला अवधिभर न्वागी खुवाउने व्यावस्था मिलाइएको वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिए ।

Muktinath Bank

न्वागी स्थानिय जातको धान (जडन) को चामल, दहि र केरामा भिजाएर स्थानिय उत्पादन सिलाम, तिल मिसाई वास्तु पुजा गरि शुभ साइतमा शुभ दिशा पारी खाने एक परिकार हो। पौंदेलिहरुले मंसिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको महोत्सवका सचिव समेत रहेका स्थानिय विष्णु प्रसाद आचार्यले वताए ।  पौंदि क्षेत्र भित्र बागलुङको ग्वालीचौर, जलजला सहित गुल्मीको नेटा, पौदिअमराई लगाएत तत्कालिन इश्मा राज्य अन्तरगत पर्ने क्षेत्रहरु पर्ने गर्दछन्। पौदेलिको न्वागी मेलाको अवसरपारी प्रथम बडिगाड महोत्सवको आयोजना गरिएको हो।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म महोत्सव सञ्चालन हुनेछ। कार्यक्रममा सुरक्षा व्यावस्था प्रभावकारी वनाउन प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको जनपथ प्रहरी टोली खटिएको तथा आयोजकको तर्फवाट स्वयंसेवकको समेत व्यावस्था गरिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मेलामा शुरक्षालाई थप व्यवस्थित गर्न कार्यक्रम स्थललाई सिसि क्यामराले निग्रानी गर्ने व्यावस्था मिलाइएको छ। दर्शकको सहजताको लागि कार्यक्रम स्थलमै पिउने पानी, चर्पि, प्राथमिक उपचार लगाएतको व्यावस्थापन मिलाइएको कार्यालय सचिव टिका पाइजाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

महोत्सवमा १ सय ५० स्टल रहने र झण्डै २ करोड वढिको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदिवासीको न्वागी, शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्। महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन हुने छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x