×

NMB BANK
NIC ASIA

बिचौलियाको कब्जामा यातायात कार्यालय, फारम किन्न पनि बाहिरै पठाउँछन् कर्मचारी

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–  यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने फारम समेत उपलब्ध नगराउँदा सेवाग्राही बाहिरबाट महंगो दरमा फारम किन्न बाध्य भएका छन् ।

Muktinath Bank

‘यातायात कार्यालयमा आवश्यक पर्ने सबै फारम कार्यालयले नै उपलब्ध गराउनुपर्ने हो, तर यहाँ कुनै पनि फारम दिइन्न, बाहिरबाट किनेर ल्याउन भन्छन्,’ एक सेवाग्राहीले गुनासो पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रौतहट महिया– ४ का हरिनारायण प्रसाद गुप्ता आफ्नो सवारीको कर तिर्न सोमवार यातायात कार्यालय आइपुगेका थिए । उनलाई पनि कार्यालयका कर्मचारीले बाहिरबाट फारम किनेर ल्याउन भने ।


Advertisment
Nabil box
Kumari

‘बाहिर पसलबाट फारम किनेर ल्याउनुस्, अनि मात्रै तपाईंको कर हिसाब-किताब हुन्छ भनेर लेखा फाँटका कर्मचारीले भनेपछि २० रुपैयाँमा फारम किनेँ,’ गुप्ताले लोकान्तरसँग भने, ‘१० रुपैयाँको हुलाक टिकटलाई समेत अर्को २० रुपैयाँ तिर्नुपर्‍यो ।’

Vianet communication
Laxmi Bank

गुप्ताले लेखा अधिकृत दीपनारायण राउतसँग गुनासो गर्दा राउत कार्यालयले फारम उपलब्ध नगराउने भन्दै पन्छिए ।

सेवाग्राही र अधिकृतको वार्तालापकै बीचमा लोकान्तरले यसबारे जिज्ञासा राख्दा राउतले भने, ‘कि त बाहिरबाट आवेदन फारम किनेर सोही फारम भरी यहाँ बुझाउनुपर्‍यो, होइन भने हातैले सादा कापीमा निवेदन लेखेर टिकट टाँसेर दिए पनि हुन्छ । हामी फारम उपलब्ध गराउँदैनौं ।’

फारम त कार्यालयले नै उपलब्ध गराउनुपर्ने होइन र ? भन्ने जिज्ञासामा राउत कार्यालय प्रमुखलाई देखाएर पन्छिन खोजे । ‘विगतमा उपलब्ध गराएका पनि हौं । केही वर्षदेखि त्यो व्यवस्था छैन । बाहिरबाटै किनेर ल्याउनुपर्छ । थप जिज्ञासा भए कार्यालय प्रमुखलाई नै सोध्नुस्,’ उनले भने ।

करीब डेढ रुपैयाँको फारमलाई २०, हुलाक टिकटको मूल्य दोब्बर 

कार्यालय बाहिरका पसलहरूमा यस्ता फारमहरू बिक्री वितरण भइरहेको पाइयो ।

स्थानीय मसिफ नदाफ एउटा सटरको सामुन्ने टेबुलमा विभिन्न किसिमका आवेदन फारम राखेर बेचिरहेका थिए ।

चालक अनुमति पत्रको प्रतिलिपिका लागि दिइने दरखास्त फारम, सवारी दर्ता किताब प्रतिलिपिको फारम, सवारी नामसारी गर्दा दिइने दरखास्त फारम, सवारी साधन कर र आयकर दाखिला फारम लगायत फारमहरू उनीकहाँ उपलब्ध थिए ।

सेवाग्राही आउँदा फारम समेत भरिदिने गरेको र त्यसबापत प्रति फारम २० रुपैयाँ लिने गरेको उनले बताए । फारम नभरी बेच्दा भने १० रुपैयाँ नै मूल्य तोकिएको उनको भनाइ छ ।

अर्का बिक्रेता पंकज कर्णले भने– ‘जनकपुरका विभिन्न अफसेट प्रेसमा छापेर बिक्री गर्छौं । एक सय पानाको १ सय २० रुपैयाँसम्म पर्छ ।’

त्यसैगरी हुलाक टिकट हुलाक कार्यालयबाट १० रुपैयाँमा किनेर १५ रुपैयाँमा बेच्ने गरेको अर्का व्यापारी महेन्द्र साहले बताए ।

‘मैले मात्र यहाँ १० को टिकट १५ रुपैयाँमा बिक्री गरिरहेको छु, बाँकीले २० रुपैयाँमै बेच्छन्,’ उनले भने ।

यता कार्यालय प्रमुख पवन पञ्जियार भने सबै फारम कार्यालयले निःशुल्क उपलब्ध गराइरहेको दाबी गर्छन् ।

फारम बाहिरबाट किन्न लगाइएको बारे बताएपछि कार्यालय प्रमुख आफैं लेखाफाँटमा पुगेर लेखा अधिकृतसँग सोधपुछ गरे । त्यसक्रममा भने लेखा अधिकृत राउतले बजेट अभावका कारण फारम नछपाएको जवाफ दिए । कार्यालय प्रमुख पञ्जियार पनि आफूले त्यसअघि केही पनि थाहा नपाएको जसरी प्रस्तुत भए अनि छिट्टै बजेट व्यवस्थापन गरी फारम छापेर निःशुल्क उपलब्ध गराउने बताए ।

हुलाक टिकटमा भइरहेको कालोबजारीबारे भने आफूले केही गर्न नमिल्ने उनको जीकिर छ । 'स्थानीय प्रशासनले नै सो विषयमा कारवाही चलाउन सक्छ, हामी केही गर्न सक्दैनौं,' उनले भने ।

कार्यालय प्रमुख र लेखा अधिकृतले विभिन्न बहाना गरिरहँदा सेवाग्राही भने दिनहुँ मारमा परिरहेका छन् । दिनमा करीब ५ सय सेवाग्राहीले बाहिरबाट फारम खरिद गरिरहेका छन् ।

यातायात कार्यालयले बाहिरको व्यापारलाई मलजल गरेको छ नै स्थानीय प्रशासनको समेत यसमा ध्यान जान सकेको देखिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x