रजनीकान्त र अक्षयकुमारको फिल्म २.० ले तोड्यो बाहुबलीको रेकर्ड

मंसिर १९, २०७५

सुपरस्टार रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० रिलिज हुनासाथ बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मको हिन्दी वर्जनको आकडा सार्वजनिक भएको छ । यसका साथ फिल्मले बाहुबली–द बिगनिङको रेकर्ड तोडेको छ । 

ट्रेड एनालिस्ट तरुण आदर्शको ट्वीटका अनुसार फिल्ममा हिन्दी भर्सनले ६ दिनमा १२२.५० करोडको कमाइ गरेको छ ।


ADVERTISEMENT

फिल्मले पहिला दिन अर्थात विहीबार २० करोड २५ लाख रुपैयाँ, शुक्रवार १८ करोड, शनिवार २५ करोड, आइतबार ३४ करोड रुपैयाको कमाइ गरेको छ । सोमबार १३ करोड तथा मंगलबार ११.५० करोडको कमाइ गरेको छ ।

बाहुबली– द बिगनिङको हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ११७ करोड थियो । २.० ले रिलिजेको ६ दिनमा बाहुबली १ को लाइफटाइम कलेक्सन बराबरी गरेको छ । 

फिल्मले विभिन्न भाषामा गरेर पहिलो दिन नै १०० करोड कमाइ गरेको थियो । 

सार्थ अक्षय कुमारका लागि पनि यो फिल्मले राहत दिएको छ । 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस