जनकपुरका महन्त काठमाडौंबाट पक्राउ

मंसिर १९, २०७५

धनुषा– करोडाैं मूल्यको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा जनकपुरस्थित रत्नसागर मठका महन्त बैकुण्ठ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको करौडौ पर्ने जग्गा कीर्ते गरेर बेचेको खुलेपछि  उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशपछि फरार उनलाई लामो प्रयासपछि प्रहरीले उनलाई आज पक्राउ गर्न सफल भएको हो ।  

 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस