गुन्डा नाइके समीरमानकी पत्नी ५ लाख धरौटीमा रिहा

मंसिर २०, २०७५

काठमाडौं– गुन्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन (बस्नेत) ५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा आफ्ना पति समीरमानलाई सघाएको प्रमाण फेला परेको भन्दै मायालाई प्रहरीले पक्राउ गरेको थियो । 


ADVERTISEMENT

मायालाई महानगरीय प्रहरी परिसर काठमाडौंले गत कात्तिक १८ गते काठमाडौंको ठूलो भर्याङबाट पक्राउ गरेको थियो । 

जेलमा रहेका पति समीरमानको निर्देशनमा दोस्रो हत्याकाण्डको योजना बनाइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको थियो । तर, बिहीवार जिल्ला अदालत काठमाडौंले मायालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । 

गौचन हत्याको आरोपमा भारतबाट परेका अम्बर बहादुर राना, लोप्साङ भनिने सोम बहादुर तामाङ र रोशन बुढाथोकीले अदालतमा दिएको बयानका आधारमा प्रहरीले मायालाई पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार अम्बर, लोप्साङ र रोशनले अदालतमा बयान दिने क्रममा गौचनको हत्यामा भएको हतियार समीरकी पत्नी मायाबाटै लिएको बताएका थिए । 

 

पति जेलमा हुँदा पत्नी बनाउँदै थिइन् हत्याको योजना, तीनवटा हत्याकाण्डमा ‘मायाका हतियार'

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस