मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवल– उनी सानैदेखि साथीभाइसँग टेबलटेनिस खेल्थे । फुर्सद भयो कि टिटी खेलिहाल्ने । भनिन्छ – कुशल प्रशिक्षक हुन सफल खेलाडी पनि हुनुपर्छ । नेपालमा हालसम्म टेबलटेनिस खेलमा ‘लेवल टु’ पास गरेका ७ जना खेलाडी छन् ।
२०७२ सालमा काठमाडौंमा भएको प्रशिक्षण परीक्षाबाट महेश खनाल (बुटवल), प्रशान्त मल्ल (नेकपा अध्यक्ष पुष्पकमल दाहालका कोच), शिवसुन्दर गोठ (शसस्त्र प्रहरीका खेलाडी), राकेश महर्जन (नेपाल पुलिस प्रशिक्षक) प्रदीप रोका (नेपाल पुलिस खेलाडी) अमरलाल महर्जन (शसस्त्र प्रहरी कोच) र नरेश रावल (काठमाडौ) हुन् । यी ७ जनाले अन्तर्राष्ट्रिय टेबलटेनिस फेडेरेसन उत्तीर्ण गरेका हुन् ।
तिनीहरूमध्ये उपत्यका बाहिरका १ मात्र ‘लेबल टु’ उत्तीर्ण गरेका खेलाडी (हाल प्रशिक्षक) हुन् बुटवलका महेश खनाल । खनालको योग्यता र क्षमता देखेर कतार, दुवई, साउदी बहराइन लगायतका देशबाट उनलाई प्रशिक्षकको रूपमा आउन विभिन्न अवसरहरू देखाए । तर उनी त्यस्ता अवसरलाई अस्वीकार गरी रूपन्देहीमा टेबलटेनिस खेलको विकासमा जुटेका छन् । विभिन्न विद्यालय र क्लबमा टेबलटेनिस सिकाउँदै आएका खनाल एक्ला प्रशिक्षक हुन् ।
पाल्पा खस्यौलीमा २०४४ सालमा जन्मिएर विगत १५ वर्षदेखि बुटवलमा बसेर टेबलटेनिस खेलेर राष्ट्रिय स्तरमा पुगेका खनाल अहिले रूपन्देही विभिन्न विद्यालयमा टेबलटेनिस प्रशिक्षक भएर राष्ट्रिय खेलाडी उत्पादनमा लागेका छन् । २०५६ सालदेखि टेबलटेनिस खेल्न शुरू गरेका खनालले २०६० सालदेखि व्यावसायिक रूपमा टेबलटेनिस खेल्न थाले ।
रूपन्देही जिल्ला टेबलटेनिस संघ, फूटबल जिल्ला खेलकूद विकास समिति, लियो क्लब अफ बुटवलले विभिन्न समयमा आयोजना गरेका प्रतियोगितामा लगायत १२ पटक प्रथम स्थान हाँसिल गरी अब्बलता देखिएको थिए । २०६२ सालमा सुनसरीको धरानमा भएको राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनीले दोस्रो स्थान हासिल गरे । पाँचौ र छैठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनीले तृतीय स्थान हाँसिल गरेका हुन् ।
उनी अहिले बुटवलका अरनिको, दीप, स्मृति, तिनाउ स्कलर्स होम लगायत दजनौं स्कूलमा टेबलटेनिस प्रशिक्षक भएर विद्यार्थीलाई खेलप्रति रूचि जगाउँदै राष्ट्रिय खेलाडी उत्पादनमा जुटेका छन् । उनले सिकाएकी दीप बोर्डिङ स्कूलकी छात्रा दिपा अर्यालले प्रथम राष्ट्रिय लुम्बिनी टेलटेनिस कपमा उपाधि चुमिन् । उनले नै साउथ एसियन जुनियर टेबलटेनिसमा पनि तेस्रो स्थान हात पारिन् । उनले सिकाएका सबै खेलाडी अहिले राष्ट्रिय स्तरका प्रतियोगिताहरू खेल्न सक्ने अब्बल छन् ।
उनी भन्छन्, ‘मलाई धेरै अवसर दिएर विदेशी क्लबहरूले लैजान खोजे । तर म आफ्नै देशमा खेल्छु र सिकाउँछु पनि भनेर यतै बसे । अहिलेसम्म मैले ५ सय खेलाडीलाई दक्ष बनाइसकेको छु । उनीहरू सबै राष्ट्रिय प्रतियोगितामा खेल्ल अब्बल देखिएका छन् । मैले टेबलटेनिस बच्चादेखि नै खेल्थें । तर ट्रेनिङ चाहिँ ५ कक्षामा हुँदादेखि शुरू गरे । मलाई बुटवलमा नरबहादुर क्षेत्रीले सिकाउनुभएको हो । उहाँको हौसलाले गर्दा नै मैले टेबलटेनिसमा धेरै प्रगति गर्न सकेको छु ।’
उनले टेबलटेनिस प्रशिक्षक भएर राम्रो आम्दामी पनि गरेका छन् । उनले दर्जनौं विद्यालयमा टेबलटेनिस खेल प्रशिक्षक भएर मासिक १ लाख रूपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । खेलकूदमा लागेका केही साथीहरू पलाएन भएपनि उनी दक्ष हुँदा उनलाई राम्रो आम्दानीसँगै विद्यार्थीलाई सिकाउन भ्याइँनभ्याइँ छ ।
टेबलटेनिसलाई सामान्य भाषामा ‘पिङपोङ’ पनि भनिन्छ । यो यस्तो खेल हो, जसमा २ वा ४ खेलाडीले हल्का गोलो आकारको बललाई टेबलटेनिस राकेटको मध्यामले खेल्ने गरिन्छ । यसलाई एउटा कडा काठको टेवलमा नेटद्वारा विभाजन गरी खेलिने खेल हो । विश्वभर नै खेलिने खेल टेबलटेनिस एसिया, यूरोप, अफ्रिका र अमरिकामा गरी करीब ९० करोड प्रसंशकले रुचाइने खेलमा पर्ने बताइन्छ ।
उनी हाल रूपन्देहीको तिलोत्तमास्थित अरनिको बोर्डिङ स्कूलमा प्राध्यापन समेत गर्छन् । राम्रा प्रशिक्षकको व्यवस्था नहुँदा धेरै खेलाडीको प्रतिभा बाहिर आउन सकेको छैन । उनी पूर्वाधारको विकास नहुँदा टेबलटेनिस खेलको चाहेजस्तो विकास हुन नसकेको बताउँछन् । टेबलटेनिस एउटा बन्द कोठामा खेलिने खेल हो ।
विशेषगरी यो खेल गाउँघरभन्दा शहर बजारमा बढी खेलिन्छ । उनको सपना छ । आफूले सिकाएका विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको उपाधि जितेर नेपालको नाम विश्वसामु चिनाउन सकून् । उनले रूपन्देहीका २ हजारभन्दा बढी टिटी खेलाडी उत्पादन गरी राष्ट्रिय रूपमा नै रूपन्देहीलाई चिनाउन जुटेका छन् ।
टेबलटेनिस खेलमा नेपालले त्यति धेरै सफलता हासिल गर्न सकेको छैन । ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति पनि टेबलटेनिस खेल असाध्यै महत्त्वपूर्ण खेल हो,’ खनालले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’ खेल संसारमा लोकप्रियताको हिसाबले सातौं स्थानमा पर्छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...