कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मंसिर २२, २०७५
जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरधाममा भइरहेको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवलाई सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका छन् ।
भारतको अयोध्याबाट आउने जन्तीलाई धनुषाको सीमावर्ती नाका जटहीमैं पुगेर स्वागत गर्न कार्यकर्तालाई निधिले निर्देशन दिएका हुन् ।
जन्तीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जनपुर आउने कार्यक्रम तय भएको छ ।
दुई नम्बर प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र कांग्रेस धनुषाका सभापति महेश शंकर गिरिलाई निधिले विवाह पञ्चमी महोत्सवलाई सफल पार्न जनकपुरमा समेत कांग्रेसका कार्यकर्तालाई परिचालन गर्न निर्देशन दिएको निधिका स्वकीय सचिब बिश्वास बिक्रमले बताए ।
‘टेलिफोन गरेर आज उपसभापति ज्यूले रामसरोज यादव र महेश शंकर गिरि ज्यूलाई निर्देशन दिनु भएको हो,’ विक्रमले लोकान्तरसंग भने,‘बिबाह पञ्चमीका दिन मंसिर २६ गते उहाँ आफैं पनि जनकपुरधाममा उपस्थित भई सहभागी हुने कार्यक्रम समेत तय गरिएको छ ।’
भारतको अयोध्याबाट जन्तीहरू हाती, उँट र घोडा चढेर धनुषाको जटही स्थित नाका भएर जनकपुरधाम आउँनेछन् । उक्त नाका धनुषाको संसदीय निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । निधि त्यही क्षेत्रबाट निर्बाचन लड्दै आएका छन् । यस पटक प्रतिनिधि सभामा उनी पराजित भएका थिए भने राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो निर्बाचित भएका छन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...