×

NMB BANK
NIC ASIA

कांग्रेस महासमितिको तयारी तीव्र : गाँस र बासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने

मंसिर २५, २०७५

NTC
Premier Steels

काठमाडौंँ-  नेपाली काँग्रेसको यही मङ्सिर २८ देखि काठमाडौँमा सुरु हुने महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरूले साँझको गाँस र बासको आफैं व्यवस्थापन गर्नुपर्ने भएको छ । बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ । 

Muktinath Bank

महासमिति बैठकको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ उपत्यकाका तीन जिल्लाका सभापतिहरूलाई दिइएको छ । भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार, बैठकमा केन्द्रीय कार्य समितिका सदस्यसहित एकहजार पाँच सय जनाको सहभागिता रहने छ । बैठकमा हरेक पाँच सदस्यमध्ये कम्तीमा एकजना महिला सदस्यको सहभागिता रहने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति थापाका अनुसार, महासमितिको बैठक सिंहदरबार अगाडि रहेको पुरानो नेसनल ट्रेडिङ सँगैको यलम्बर पार्टी प्यालेसमा गर्ने तय भएको छ । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको थियो । सातै प्रदेशमा यसअघि गरिएका छलफल र व्यवस्थापन जस्तै गरी साँझको खाना र बासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने छ ।


Advertisment
Nabil box
Kumari

काँग्रेसले बैठक भड्किलो र खर्चिलो नहोस्, मितव्ययी होस् भन्ने उद्देश्यले साँझको गाँस र बासको व्यवस्था सहभागी आफैंले तय गर्नुपर्ने निर्णय भएको जानकारी थापाले दिनुभयो । बैठकमा सहभागी हुने सबै सदस्यहरूलाई झोलाको व्यवस्था भने निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निजी खर्चमा उपलब्ध गराउनुहुने भएको छ ।

Vianet communication

यसअघिका बैठकमा झोलाको व्यवस्थापन टे«ड युनियन काँग्रेसले गर्दैआएको थियो । झोलामा महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक, आर्थिक र विधान मस्यौदाको प्रस्ताव राखिने छ ।

आर्थिक प्रस्ताव पारित
यसैबीच, काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक प्रस्तावलाई प्राप्त सुझाव समेट्ने गरी पारित गरेको छ । 
सहमहामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समितिले बैठकमा प्रस्तुत गरेको समग्र आर्थिक नीतिलाई पारित गरेको हो । केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी प्रस्ताव पारित भएको जानकारी केन्द्रीय सदस्य बालकृष्ण खाँडले दिनुभयो । 

समितिले स्वर्गीय बीपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्न उपादकत्व, समतामूलक लोककल्याणकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलतामा जोड दिने प्रस्ताव गरेको जनाएको छ । 

यसैगरी, सार्थक वित्तीय सङ्घीयता र सदाचारयुक्त आर्थिक सुशासन काँग्रेसको आगामी आर्थिक नीति हुने प्रस्तावमा उल्लेख छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र हरिप्रसाद नेपालले आर्थिक प्रतिवेदनमाथि सुझाव राख्नुभएको थियो । अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।, गाेरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x