कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सुर्खेत–कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको विकासे बजेटअन्तर्गत विनियोजन गरेको बजेट कार्यान्वयन गर्न योजना स्थलमै गइरहेको छ । कर्णालीका दश जिल्लामा तटबन्ध परेका स्थानहरूमा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईको नेतृत्वमा स्थलगत अध्ययनका लागि टोली खटेको हो ।
टोलीले सुर्खेत, दैलेखका केही स्थानहरूको अवलोकन गरिसकेको छ भने आज उनको नेतृत्वको टोली सल्यानतर्फ प्रस्थान गरेको छ । यसरी योजना परेको ठाँउमा योजना छ की छैन, कतै कसैले दुरुपयोग गर्न खोजेका हुन कि भन्ने बारेमा अध्ययन गर्न टोली खटाइएको मन्त्री नन्दसिंह बुढाले लोकान्तरलाई बताए ।
केही मिडियामा खोला नै नभएको स्थानमा बजेट गएको भन्ने समाचार आएको थियो । मन्त्री बुढाले भने, ‘आफ्नो मन्त्रालयबाट विनियोजित रकमको दुरुपयोग नहोस र जनताले विकासको अनुभूति गर्न पाउन भन्ने उद्देश्यका साथ हामीले कर्मचारीलाई योजना परेको स्थानमा नै जान र आवश्यकता हो कि होइन बुझ्न निर्देशन दिएका छौं । सोही योजना मुताविक उहाँहरु गाउँगाउामा जान लाग्नु भएको हो ।’
मन्त्री बुढाले यसरी उपभोक्ता समिति बनाउनु पूर्व नै योजना स्थलमा कर्मचारी खटाएर सरकारले आवश्यकता पहिचान गर्न र बजेट कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षासहित मन्त्रालयअघि बढेको जानकारी दिए । उनका अनुसार अबको दुई हप्ताभित्रै बजेट कार्यान्वयनमा जाने भएको छ । मन्त्रालयले अहिले विभिन्न कार्यविधिहरू बनाइरहेको र कार्यविधि बनाउने अन्तिम चरणमा रहेको मन्त्री बुढाको भनाइछ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...