×

NMB BANK
NIC ASIA

प्रहरीमा प्रविधिको प्रयोग : कर्णालीका डीआईजीले ‘भिडियो कन्फरेन्स’मार्फत् दिए जिल्ला–जिल्लामा निर्देशन

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णाली प्रदेशको नारा प्रदेश प्रहरीले पनि अबलम्बन गरेको छ ।

Muktinath Bank

नयाँ प्रविधिको भरपुर प्रयोग गर्ने र त्यसबाट प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन र निर्देशन दिन प्रदेश प्रहरीले बिहीवार वीरेन्द्रनगरमा ‘भिडियो कन्फरेन्स’ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले हरेक महिनाको २ पटक प्रदेशभरका जिल्ला प्रहरी कार्यालय, अन्य प्रहरी सम्वद्ध कार्यालयसँग ‘भिडियो कन्फरेन्स गरेर जानकारी लिने र निर्देशन दिने बताए ।


Advertisment
Nabil box
Kumari

‘कर्णाली प्रदेशको भूगोल ठूलो छ र जनशक्ति अभाव छ,’ बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसैले भौगोलिक कठिनाइलाई प्रविधिको माध्यमबाट चिर्न र समयमै सुरक्षा व्यवस्थाबारे जानकारी लिन सहज हुने अपेक्षा सहित प्रविधि अपनाएका हौं ।’ 

Vianet communication
Laxmi Bank

१५ सय प्रहरी दरबन्दी रिक्त

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशभर ५ हजार ७ सय ९ प्रहरी दरबन्दी भएपनि अझै १ हजार ५ सय दरबन्दी रिक्त रहेको छ । हाल प्रदेशभर ४ हजार ४ सय ३२ जनाले सुरक्षा व्यवस्था दिइरहेका छन् । कर्णाली प्रदेशमा प्रतिप्रहरीले २ सय ६४ जना नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।

डीआइजी शाहका अनुसार प्रतिप्रहरीले ४ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफल हेर्नुपर्ने बाध्यता रहेको छ । न्यून जनशक्तिका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएको बताउँदै डीआईजी शाहले प्रदेशभर २ सय १५ वटा प्रहरी इकाई रहेको जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा महिला हिंसा, जबर्जस्तीकरणी, हत्याजस्ता अपराध निरन्तर बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ हजार १७ अपराध भएको, आर्थिक वर्ष २०७३/७४ मा १ हजार ४७, आर्थिक वर्ष २०७४/७५ मा १ हजार २ सय ४८ वटा अपराध कर्णालीमा भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x