×

NMB BANK
NIC ASIA

विद्युतीय जोखिममा सिङ्गो गाउँ, पोल ढल्छ कि भनेर हेर्दै स्थानीय

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत-  लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । 

Muktinath Bank

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीयवासी दीपक सापकोटाले बताउनुभयो । सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उहाँको भनाइ छ । विद्युत्का काठे पोल परिवर्तन गरेर फलामे पोल राख्नका लागि माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । साविक ठूलीपोखरी गाविसको वडा नं २ मा अवस्थित जनज्योति प्राविका विद्यार्थी झनै बढी जोखिममा परेका छन् । विद्यालय हाताबाट तानिएको ‘थ्रि फेज लाइन’को पोलनै भाँचिन लागेकाले विद्यार्थी निकै त्रसित बनेका छन् । 


Advertisment
Nabil box
Kumari

अब हावाहुरीको मौसम शुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेण्ट लाग्ने हो भन्ने त्रास बढेको स्थानीयवासी सन्तोष सुवेदीले बताउनुभयो । उहाँले यसको मर्मतका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति वा वडा कार्यालयले ध्यान दिनुपर्ने माग गर्नुभयो । कतिपय फलामे पोल परिवर्तन गरिएका ठाउँमा पनि तार परिवर्तन नगरिएको गुनासो रहेको छ । 

Vianet communication
Laxmi Bank

पटकपटक विद्युत् प्राधिकरण र नगरपालिकामा माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । यस्तै अवस्था रहने हो भने अबको चैत, वैशाखमा हावाहुरी आउँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानीयवासी हेमराज सापकोटाले गुनासो गर्नुभयो । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताउनुभयो । उहाँले उक्त वडामा मात्रै झण्डै २०० पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्युतीकरण समितिले काम गर्न नसक्दा समस्या भएको हो ।” 

यता समितिसमेत लामो समयदेखि निस्क्रिय बनेको छ । विद्युत्को नियमित आपूर्ति नगर्ने, मर्मतसम्भारमा ध्यान नदिने र समितिको आर्थिक पारदर्शिता, साधारणसभा, अधिवेशनसमेत नगरेको स्थानीयको गुनासो रहेको रहेको छ । केन्द्रीय प्रशारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक सङ्कलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नगरेको स्थानीयवासी हेमराज सापकोटाले बताउनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x