×

NMB BANK
NIC ASIA

दिवंगत पिताको सम्झनामा क्रिकेट प्रतियोगिता आयोजना गर्दै शक्ति गौचन

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– सम्पूर्ण क्रिकेट खेलबाट भर्खरै सन्यास लिएका क्रिकेटर शक्ति गौचनले आप्ना दिवंगत पिताको सम्झनामा ‘स्वर्गीय खड्ग प्रसाद गौचन मेमोरियल कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता’ गर्ने भएका छन् । स्टार क्रिकेट ऐकेडेमी ओमसतिया, रूपन्देहीले प्रतियोगिता गर्न लागेको हो । गौचन ऐकेडेमीका प्रबन्धक हुन् । 

Muktinath Bank

विद्यालयस्तरबाट खेलकुदको विकास गर्ने उद्देश्यले गौचनले प्रतियोगिता आयोजना गरिएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगिता यही माघ १४ गतेदेखि शुरु हुनेछ । प्रतियोगितामा कम्तीमा १६ टिमको सहभागिता हुने गौचनले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो क्रिकेटको विकासको लागि बुवाले ठूलो योगदान गर्नुभयो । मैले पनि उहाँका सम्झनामा केही गर्नुपर्छ भनेर प्रतियोगिता राखेको हुँ,’ गौचनले भने । ४० ओभरमा खेलाइने खेलमा १६ वर्षसम्मका विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन् । प्रतियोगिता कर्मनडाँडा पडसरी र सितलनगर देवदहमा खेलाइने छ । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल सिद्धार्थ रंगशाला भैरहवामा खेलाइने छ । प्रतियोगितामा विजेता टिमलाई आकर्षक पुरस्कार राखिएको छ । प्रतियोगितामा ‘रेड बल हवाइट ड्रेस’को प्रयोग हुनेछ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा अन्रतर्राष्ट्रिय अम्पायर सञ्जय गुरूङले विद्यालय तहबाटै नेपालमा क्रिकेटको विकास हुन जरूरी रहेको बताए । गौचनले मंसिर३० गतेदेखि सम्पूर्ण क्रिकेट खेलबाट सन्यास लिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x