×

NMB BANK
NIC ASIA

जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाए पनि राजश्व असुली उच्च

माघ ८, २०७५

NTC
फाइल तश्वीर
Premier Steels

बाँके- मालपोत कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षको भदौदेखि पुस मसान्तसम्ममा रु ५३ करोड ८५ लाख ६४ हजार ९४५ राजश्व सङ्कलन गरेको छ । 

सरकारले कित्ताकाट गरी जग्गा बिक्रीमा रोक लगाए पनि कार्यालयले सो अवधिमै जग्गा खरीद बिक्री प्रक्रियाबाटै सो राजश्व सङ्कलन गरेको हो । विसं २०७४ साउन २६ गतेदेखि सरकारले जग्गाको कित्ताकाटमा रोक लगाउँदै कित्ताकाट नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । 

कृषियोग्य जमीन गैर कृषिमा रूपान्तरण भइरहेको भन्दै त्यसको रोकावटका लागि तत्कालीन भूमि सुधार मन्त्रालयले जग्गाको कित्ताकाटमा रोक लगाउँदै सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । तर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत पुस २७ गतेबाट जग्गाको कित्ताकाट खुलाएको छ । जग्गाको कित्ताकाट रोकावट गर्ने सरकारको स्पस्ट निर्देशन हुँदाहुँदै पनि नेपालगञ्जसहित देशभरका मालपोत तथा नापी कार्यालयका कर्मचारीले उक्त अवधिमा कित्ताकाट गरेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ । 

मालपोत कार्यालय नेपालगञ्जका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महीनामा रु १५ करोड ८५ लाख ११ हजार ६०५ राजश्व सङ्कलन गरेको छ । सो कार्यालयका कर्मचारी नवराज देवकोटाका अनुसार रजिष्टेशन दस्तुर र पूँजीगत लाभ गरी कार्यालयले साउन महीनामा रु दुई करोड ५२ लाख ८४ हजार ४००, भदौमा रु तीन करोड ४२ लाख ५४ हजार २०५, असोजमा रु तीन करोड ८१ लाख ९२ हजार ८३० राजश्व सङ्कलन गरेको छ । 

यसैगरी कात्तिकमा रु दुई करोड २० लाख ६२ हजार ९८८ र पुसमा रु तीन करोड ८७ लाख १७ हजार १८२ राजश्व सङ्कलन गरेको छ । उक्त सबै राजश्व पनि कित्ताकाटमा प्रतिबन्ध लगाएकै समयसीमाभित्र पर्ने उहाँले बताउनुभयो । 

गत वर्षदेखि जग्गाको कित्ताकाट बन्द हुँदाहुँदै पनि कित्ताकाट नरोकिएपछि जग्गा सम्बन्धी कानून तर्जुमा नहुञ्जेलसम्मका लागि अहिले कित्ताकाट खुला गरिएको सम्बन्धीत कर्मचारी बताउँछन् । 

जग्गाको कित्ताकाट सम्बन्धमा मन्त्रालयको स्पष्ट निर्देशनलाई सर्वोच्च अदालतले समेत सदर गरेको अवस्थामा मालपोत तथा नापी कार्यालयले जग्गाको कित्ताकाट गरिरहेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले देखाएको छ ।  रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x