×

NMB BANK
NIC ASIA

पवित्र बन्धन टीभी सिरियलमा काम गर्ने अभिनेत्रीले गरिन् आत्महत्या

माघ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — तेलुगु टीभी अभिनेत्री नागा झाँसीले बुधवार आफ्नै घरमा झुण्डेर आत्महत्या गरेकी छन् । उनको लाश पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । 

Muktinath Bank

घटना हुँदा उनी घरमा एक्लै थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी केही समययता डिप्रेसनको शिकार भएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

हैदराबादको श्रीनगर कोलोनीमा यो घटना भएको हो । त्यहाँको एक अपार्टमेन्टको फ्ल्याटमा २१ वर्षीया अभिनेत्री नागाले आत्महत्या गरेकी हुन् । 

Vianet communication
Laxmi Bank

उनका भाइ दुर्गाप्रसादले कोठाको ढोका लामो समयसम्म ढकढक्याउँदा पनि उनले जवाफ नदिएपछि छिमेकीहरूलाई बोलाएका थिए । 

छिमेकीहरू आएपछि ढोका फोरियो । भित्र हेर्दा नागाले फाँसी लगाएर झुण्डिरहेको देखियो । त्यतिखेरसम्म उनको मृत्यु भइसकेको थियो । 

प्रहरीले कोठामा छानबिन गर्दा सुसाइड नोट भेटेन । 

नागा आन्ध्र प्रदेशको कृष्णा जिल्लामा बस्थिन् । उनले पवित्र बन्धन लगायत विभिन्न सिरियलमा काम गरेकी थिइन् । 

उनले केही महिनादेखि अमीरपेट इलाकामा एक ब्युटी पार्लर चलाइरहेकी थिइन् । उनका नातेदारहरूले बताएअनुसार, उनी एक युवकसँग प्रेम गर्थिन् जो उनको टाढाको नातेदार हो । 

प्रेममा असफल भएका कारण उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । 

प्रहरीले नागाको मोबाइल फोन बरामद गरेर कल डिटेल र च्याट रेकर्ड जाँच गरिरहेको छ । पोस्टमोर्टमपछि शव परिवारलाई दिइएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x