पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन ३, २०७५
‘तपाईंहरू यहाँ खास केका लागि आउनुभएको हो ?’ नेपालस्थित भारतीय दूतावासका एक वरिष्ठ कूटनीतिज्ञले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक होटलमा केही पत्रकारहरूसँग भेट्ने क्रममा अघिल्लो डिसेम्बर महिनामा सोधेका थिए ।
नरम बोल्ने ती कूटनीतिज्ञ ४२ वर्षका जति देखिन्थे र उनले कालो सुट लगाएका थिए । कश्मीरी पत्रकारहरू नेपाल आएको र यस क्षेत्रका अन्य पत्रकारहरूसँग विभिन्न अन्तर्क्रिया गरेको थाहा पाएर उनी आश्चर्यचकित बनेका थिए ।
नेपाल प्रेस काउन्सिलका एक अधिकारी रेहमतुल्लाहले यसअघि हामीलाई उनका पुर्खाहरू कश्मीर–लद्दाख क्षेत्रबाट आएको बताएका थिए । उनले ती कूटनीतिज्ञसँग शुद्ध ऊर्दू भाषामा यो परिस्थितिको व्याख्या गर्न थाले ।
प्रेस काउन्सिलका अध्यक्षले सन् २०१८ को मध्यतिर कश्मीर भ्रमण गरेको र भारतको प्रेस काउन्सिलमार्फत कश्मीरी पत्रकारहरूलाई नेपाल भ्रमण गराउन तथा अन्तर्क्रिया गराउन चाहेको भनी रेहमतुल्लाहले व्याख्या गरे । ती कूटनीतिज्ञ यो सुनेर मुस्काए ।
त्यसपछि उनी अलिक खुले अनि नेपालमा घृणाकै स्तरमा पुग्न लागेको गहिरो भारतविरोधी भावनाको बारेमा कुरा गर्न थाले । कुनै पनि कूटनीतिक शब्द प्रयोग नगरिकनै उनले सन् २०१५ मा नेपालमाथि लगाइएको नाकाबन्दीपछि दुई देशबीचको सम्बन्ध पूरै परिवर्तन भएको बताए ।
तर यस क्षेत्रमा भारतले सफ्ट पावरको लाभ उठाइरहेको विषयमा भारतीय कूटनीतिज्ञ ढुक्क देखिन्थे । नेपाल र भारत भाषा, संस्कृति तथा एकै धर्म अनि बलिउडमार्फत एक अर्कासँग जोडिएका छन् ।
केही क्षण रोकिएपछि उनले नेपालमा चीनले ठूलो आर्थिक बल लगाइरहेको बताए । ‘पोखरामा तपाईं चिनियाँ प्रभाव देख्न पाउनुहुन्छ,’ उनले थपे ।
अनि त्यसको केही दिनपछि हामीले बल्ल थाहा पायौं ती कूटनीतिज्ञ किन नेपालमा कश्मीरी पत्रकारहरूलाई देखेर असमञ्जसमा परेका थिए भनेर । हामीले नेपालका पत्रकार र बुद्धिजीवीहरूसँगको अन्तर्क्रियामा के पायौं भने उनीहरू कश्मीर र त्यहाँका जनताको संघर्षका बारेमा जान्न लालायित थिए । यस क्षेत्रका पत्रकार संगठनहरूसँगको हाम्रो अन्तर्क्रियामा वरिष्ठ पत्रकारहरूले हिन्दीमा भन्दा पनि नेपालीमा बोल्न खोजे ।
बीबीसी वर्ल्डमा आबद्ध पत्रकार नवीन सिंह खड्काले नाकाबन्दीका बेलामा नेपालले निकै कष्ट बेहोर्नुपरेको र त्यसले नेपाली जनताको मर्यादा र अहंमा चोट पुर्याएको बताए । पाँच महिना लामो नाकाबन्दीका बेलामा नेपालले इन्धन, औषधि, खाना पकाउने ग्यास तथा अन्य सामग्रीको ठूलो अभाव झेल्नुपरेको थियो ।
ती कूटनीतिज्ञले यस क्षेत्रमा चिनियाँ लगानीका परियोजनाका बारेमा पनि कुरा गरे । चीन अहिले नेपालमा भौतिक निर्माण परियोजनामा गहिरो गरी संलग्न रहेको छ । सन् २०१८ को जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङ भ्रमण गर्दा दुवै देशले २४ अर्ब डलर बराबरको सम्झौता गरेका थिए जसमा भौतिक निर्माण, ऊर्जा परियोजना र हिमालयपारिको रेलमार्ग लगायतका विषय समेटिएका थिए ।
‘नाकाबन्दीका कारण भारतले नेपाललाई थालमै राखेर चीनलाई पस्केको जस्तो भयो भन्छु म,’ ती कूटनीतिज्ञले टिप्पणी गरे । नेपालमा अहिले चीन र भारत दुवै सक्रिय रूपमा संलग्न रहेको अवस्थामा काठमाडौंले नेपाल कार्ड फेरि खेल्ने समय आएको र त्यो कार्ड उसले अहिलेसम्म राम्रै गरी खेल्दै आएको उनले बताए ।
ती कूटनीतिज्ञले बताएझैं पोखरा तथा नेपालका अन्य स्थानमा चिनियाँ व्यापारको प्रभाव दिनानुदिन बढिरहेको छ । रु २०० मा चकलेट बेच्नेदेखि लिएर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेसम्ममा संलग्न भएर चीनले आफ्नो उपस्थितिको अनुभव गराइरहेको छ र नेपालीहरू यसमा खुशी छन् ।
पोखरामा पसलेहरूले चिनियाँ पर्यटक तान्नका लागि चिनियाँ भाषामा बोर्ड लगाउने गरेका छन् अनि धेरै पसलेहरूले चिनियाँ भाषा सिकेका छन् र केही त फररर चिनियाँ भाषा बोल्छन् ।
पोखरामा कश्मीरीहरूको पनि थुप्रै पसल छन् र चिनियाँ भाषा सिक्ने उनीहरू पहिलो समुदाय हुन् । ‘चिनियाँ पर्यटकहरूले पोखरा भ्रमण गर्न थालेपछि उनीहरूले चिनियाँ भाषाको महत्त्व बुझे । उनीहरूले भाषा सिक्नका लागि आफ्ना व्यापारीलाई चीन पठाए । उनीहरू भाषा छिट्टै सिक्छन् र मलाई लाग्छ उनीहरूमध्ये अधिकांशले चिनियाँ भाषा बोल्छन्,’ नेपाल पर्यटन बोर्डका एक वरिष्ठ अधिकारी शरद प्रधानले बताए ।
पोखराका ट्याक्सीचालकहरू पनि चिनियाँले कश्मीरी पश्मिना र हस्तकला मन पराउने गरेको बताउँछन् । ‘कश्मीरी पसलहरूमा तपाईं टन्नै चिनियाँ पर्यटक देख्न पाउनुहुन्छ,’ एक ट्याक्सी चालकले हामी कश्मीरी हौं भनी चिनाएपछि बताए । उनी सही थिए ।
आर्थिक नाकाबन्दीपछि चीनले नेपालमा बढाएको सक्रियतालाई धेरै नेपालीहरूले गेमचेन्जरका रूपमा हेरेका छन् । पोखरामा थुप्रै नयाँ होटल खुलेका छन् र विकास निर्माण स्पष्ट देखिन्छ । तर यस क्षेत्रको सबभन्दा ठूलो चर्चा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा छ । यो विमानस्थल बनाउन चीनको एक्जिम बैंकले २१५ मिलियन डलरको लगानी गरेको छ र यसलाई चाइना सीएएमसी इन्जिनीयरिङले निर्माण गरिरहेको छ ।
युवा पत्रकार दीपक परियारले नयाँ विमानस्थल निर्माणमा चीनको संलग्नताका कारण भारत असन्तुष्ट बनेको हल्ला चलिरहेको बताए । उनले तोकिएको समयावधिभन्दा ६ महिनाअगावै सन् २०२१ को अन्त्यसम्ममा विमानस्थल तयार हुने र बोइङ विमानहरू पनि त्यहाँबाट उड्ने र अवतरण गर्ने बताए ।
शरद प्रधानले त्यसको पुष्टि गर्दै चिनियाँहरूले विमानस्थलमा काम गरिरहेको र त्यो समयावधि अगावै सकिने बताए । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यसले पोखरामा विभिन्न देशका उच्चस्तरीय पर्यटकको पहुँच बढ्ने अनि पर्यटन उद्योगलाई ठूलो प्रोत्साहन हुने आशा गरिएको छ ।
अघिल्लो वर्ष दश लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको र यो संख्या आगामी वर्षहरूमा झनै बढ्ने प्रधानले बताए । ‘हामी विमान चढेर आउने पर्यटकहरूको मात्र गणना गर्छौं,’ उनले भने ।
सन् २०१६ मा १ लाख ४० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ मा लगभग त्यति नै चिनियाँ पर्यटक नेपाल भित्रिए । तर सन् २०१८ मा त्यसमा अलिक वृद्धि भयो र डेढ लाख चिनियाँ पर्यटक नेपाल आए । नेपालले सन् २०२० सम्म बीस लाख पर्यटक अनि त्यसमध्ये पाँच लाख चिनियाँ पर्यटक आउने अपेक्षा गरेको छ ।
तर कश्मीरी व्यापारी इन्तिखाब आलम चिनियाँ लगानी र पर्यटक भित्रिने क्रमबाट प्रभावित छैनन् । त्यसको एउटा कारण छ । आलमले यस क्षेत्रमा भारतीय व्यापारी समुदायको अध्यक्षता गर्छन् । आलम पश्मिनाको व्यापार गर्न २७ वर्षअघि नेपाल आएका थिए । उनको व्यापार विस्तार भएको छ र कश्मीरी हस्तकला व्यापारको एक सामग्री हो । एक अमेरिकीलाई बिहे गरेका आलमले भारतसँग सफ्ट पावर रहेको र त्यसलाई चीनले म्याच गर्न नसक्ने बताए ।
नेपालमा भारतको भविष्यका बारेमा राम्रो कुरा गर्ने उनी नेपालका सीमित आवाजमध्ये एक हुन् । उनले केही समयपछि भारत र नेपालको सम्बन्ध सामान्य हुने बताए । तर नेपालमा बस्ने अन्य कश्मीरीहरूभन्दा आफ्नो मत फरक हुन सक्ने उनले स्वीकार गरे ।
तर जम्मुमा बस्ने हाम्रा एक सहकर्मीलाई केही कुराले पनि प्रभावित पारेन । काठमाडौंमा रहेको एक तिब्बती पुस्तक पसलमा उनी भारत र नेपालको सम्बन्धका विषयमा पुस्तकहरू खोजिरहेका थिए । ‘यी सम्बन्धहरूलाई कसरी सुधार्ने हो भनी म हेर्न चाहन्छु,’ उनले गम्भीरतापूर्वक भने ।
पछि बिदाइको भोजका बेलामा नेपाल प्रेस काउन्सिलका एक वरिष्ठ सदस्यले एक किसिमबाट नेपालमा द्वन्द्व अन्त्य भएको बताए अनि कश्मीरले पनि स्वतन्त्रता पाउने आशा गरे ।
आउटलूक इन्डियामा प्रकाशित नासीर ए गानाईको लेखको भावानुवाद
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...