पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ बहुमत प्राप्त सरकार बनेको १ वर्ष पुगेको छ । नेपाली जनताले स्थायी सरकारप्रति विश्वास र अपेक्षा राख्नु स्वभाविक हो ।
ओली सरकारको १ वर्षे कार्यकाल हेर्दा राजनीतिक स्थायित्वबाट देश विकास र समृद्धि प्राप्त होला त ? के भन्छन् कलाकार ?
बेलाबेला सरकार र नेताप्रति व्यंग्य गर्दै आएका कलाकार मनोज गजुरेल, फिल्म निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी र चर्चित लोकदोहोरी गायक पशुपति शर्माको धारणा जस्ताको त्यस्तैः–
मनोज गजुरेल
बहुमतको यो सरकारले काममा जुन खालको गति लिनुपर्ने हो, त्यो देखिँदैन । अर्को कुरा १ वर्षभित्र नै जनतालाई दिएका आशा, अपेक्षा पूरा हुनुपर्छ भनेर जनताले माग गर्नु पनि युक्तिसंगत हुँदैन ।
विकासका लागि समय लाग्छ । तर त्यो समयसम्म पुग्ने बेलामा हाम्रा पार्टीहरूले, हाम्रा सरकारमा रहेका नेतृत्वहरूले त्यहाँ पुर्याउँछन् कि पुर्याउँदैनन् भन्ने चाहिँ खतरा देखिएको छ ।
२ ठूला पार्टी १ भइसकेको अवस्थामा उनीहरूबीच नेतृत्वकै कुरामा बेलाबेला विवाद भएको, तल्लो कमिटीसँग एकता नभएको, वास्तवमा उहाँहरूकै अल्झनाका कारण उहाँहरूका वाचा तथा जनताका अपेक्षा पूरा नभएकोजस्तो लाग्छ ।
अर्को कुरा यो १ वर्षको अवधिमा सरकार ठूलाठूला राष्ट्रिय र दीर्घकालीन योजना सम्बोधन गर्न आतूर देखियो । तर सरकारले सर्वप्रथम आम सर्वसाधारणलाई दैनिक जीवनयापनका कुरा सम्बोधन गर्नुपर्छ ।
जस्तोः महंगी घटाउने कुरा, सरकारी सेवा सुविधालाई सरलीकरण गर्ने कुरामा केन्द्रित हुनुपर्ने हो । तर जनताका दैनिक जीवनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्नुपर्ने सरकार एकदम ठूलाठूला दीर्घकालीन नीति र योजना तर्जुमामा लागेको हुनाले जनतासम्म तत्काल त्यो काम देखिन नसकेको पनि हो कि जस्तो लाग्छ ।
तर पहिलो कुरा त सरकार दैनिक उपभोग्य सामानको महंगी नियन्त्रणमा लाग्नुपर्छ । दोस्रो, जनताले अनुभूति गर्ने गरी नेताहरूले अब हामी साँच्चिकै देश विकासमा लागेका छौं है भनेर आफ्ना सुविधाहरू कटौती गर्नुपर्यो । लिएका गाडी, सरकारी सुविधा, तलबभत्ता कटौती गर्नुपर्यो । त्यसको अर्थ मेरो भनाई जिरोमै झार्नुपर्यो चाहिँ होइन ।
अहिले जनतालाई नेताप्रति विश्वास नै छैन । सुविधाहरू सबै लिएका छन्, यिनीहरूले के गर्लान् भन्ने खालको प्रश्नचिह्न जनतामाझ छ ।
त्यसकारण उहाँहरूले हामी देश र जनताकै लागि काम गर्दैछौं भनेर देखाउन लिएको सुविधालाई कम गर्नुपर्ने मैले देखेको छु । उहाँहरूले अब हामी साँच्चिकै जोगी भयौं भनेर काम गर्नुपर्यो । जोगी भन्नुको अर्थ राजनीतिक जोगी, जसलाई देश र जनताबाहेक अरुको चिन्ता छैन, चासो छैन ।
तेस्रो कुरा, उहाँहरूले आफ्नो पार्टी बलियो बनाउनुपर्यो र विपक्षीलाई पनि राष्ट्रिय एजेण्डामा सहमत गराएर लैजानुपर्यो ।
विवाद, आपसी कलह र पार्टीहरूबीच कलह नहुने हो भने जनतामा पनि केही हुँदैछ है भन्ने आशा रहन्छ । अब काठमाडौंको कुरा गर्नुपर्दा यहाँको मुख्य समस्या भनेको यातायात देख्छु । प्रत्येक दिन सवारी चाप बढिरहेको छ । तर सडक बढाउने स्पेश छैन । दिनैपिच्छे, कुनै न कुनै कम्पनीका नाममा गाडीहरू थपिरहेका छन् । कहिले सरकारले ठूलाठूला गाडी चलाउने भन्छ । यो राजधानी काठमाडौं त स्वच्छ, शान्त शहरभन्दा पनि विदेशी गाडी बेच्न एउटा मार्केटजस्तो मात्र देखियो ।
यसर्थ यातायातका साधन थप्नेभन्दा पनि भएका यातायातका साधनलाई व्यवस्थित बनाउनु आवश्यक देख्छु । सार्वजनिक यातायातलाई व्यवस्थित बनाइयो भने प्रदूषण घट्छ । प्रदूषण घट्दै गएपछि मानिसमा तनाव कम हुन्छ, स्वस्थ रहन्छ । त्यस्तै सकेसम्म चाँडो काठमाडौंभन्दा बाहिर जाने फास्ट ट्रयाक भन्नुहोस् वा अरु खालका सडक सञ्जाल, त्यसलाई सकेसम्म चाँडो व्यवस्थित बनाउनुपर्यो । त्यसो भयो भने मात्र काठमाडौं सुरक्षित, शान्त र सुन्दर बन्छ ।
दीपकराज गिरी
५ वर्षको लागि बनेको सरकार हो, अहिले शुरूवात हो । सरकारले काम गर्न सकेन भनेर विपक्षको भाषण म बोल्न सक्दिनँ । गज्जब गर्यो भनेर खुशी हुनुपर्ने अवस्था पनि छैन ।
सामान्य नागरिकको हिसाबले भन्नुपर्दा चामत्कारिक पनि छैन । विपक्षले भनेजस्तो बर्बाद पनि भन्दिन । अघिल्लो सरकारले गरेको कामजस्तै निरन्तरता दिएको छ ।
अहिले पूर्वाधार तयार पार्दै हो भने दुईतिहाइको सरकार हो, भविष्यमा काम देखिएला । ५ वर्षपछि जनताले स्वयम् नै मूल्यांकन गर्नेछन् । सरकारले काम गर्न सकेन भने यो आफैं धरापमा पर्नेछ ।
विगतका सरकारहरू अस्थिर सरकारहरू थिए । अहिलेको सरकार बलियो, विपक्ष कमजोर छ । यो म्याराथुन दौडजस्तै होे । ५ वर्षमा के हुन्छ ? अहिले नै भन्न सकिँदैन ।
असीमित आवश्यकता र सीमित साधनबीच सरकार चलिरहेको छ । स्रोतसाधन कम छ । जाडोमा ३ जना सुत्दा २ वटा सिरक भएजस्तो, २ जनाले ओढ्दा एउटा काप्ने । अहिलेसम्म हेर्ने हो भने आशा पनि आउँदैन र त्यति निराशा हुनुपर्ने पनि देख्दिनँ ।
अब काठमाडौंको सन्दर्भमा कुरा गर्नुपर्दा सबभन्दा पहिलो त सरकारले खानेपानीमा विशेष ध्यान दिनुपर्छ । बाटो समस्या थियो, केही आशा लाग्ने काम बाटो बन्दैछ । काठमाडौंमा जनघनत्व नै धेरै छ । हरेक काममा सिस्टम बसाल्न गाह्रो देख्छु । यहाँभन्दा दूरदराजमा सरकारको आँखा पुग्नुपर्छ ।
पशुपति शर्मा
जति जनताले चाहेका थिए, जति आशा–अपेक्षा थियो, त्यो अनुरुप सरकारबाट काम नभएको हो कि जस्तो लाग्छ । सुरक्षाको हिसाबले पनि अहिले केही अराजकता देखिएको छ ।
हामी जनताले त सतहमा रहेर हेर्ने हो । कुनै पनि जनताले गहिरिएर बुझ्दैन । यसर्थ सतहमा हामीलाई सरल हुनुपर्यो, सहज हुनुपर्यो । सरल हिसाबले जिउन पाउनुपर्यो भन्ने नै हो ।
व्यक्तिगत धारणा भन्नुपर्दा बहुमतको सरकारले त काम गर्ला भन्ने आश लाग्नु स्वभाविक थियो । तर सरकारको १ वर्ष हेर्दा ‘मेरा बाबै’ देश बन्ने भयो, हामीले सुख शान्ति पाउने भयौं भन्ने खालको आशा पलाएको अवस्था छैन । तर अझ पनि समय छ ।
हामी जनताले हरेश खाने, सरकारले गर्दै गर्दैन भनेर निरुत्साहित हुनु पनि राम्रो होइन, काम गर्नेलाई पनि निरुत्साहिक गराउनु हुँदैन ।
जनअपेक्षाअनुसार काम गर्न नसक्नुमा सरकारका पनि समस्या होलान् । तर मेरो विचारमा स्वार्थ मुख्य कारण हो । हिजो नै मैले एउटा गीत पनि ल्याएको छु, राजनीतिसँग सम्बन्धित व्यंग्य गीत । हामीले पञ्चायत सुनियो, भोग्न पाइएन । बहुदल र गणतन्त्र भोगेकै छौं नि ! यो भोग्दा पनि निःस्वार्थ भावले देश र जनतालाई सेवा गर्ने नेता मैले अहिलेसम्म भेटिनँ ।
सबैमा स्वार्थ बाँझिएको छ । देश बिग्रनुको कारण पनि स्वार्थ हो जस्तो लाग्छ । देश बनाउनुपर्छ, जनतालाई सुख दिनुपर्छभन्दा पनि व्यक्तिगत स्वार्थका लागि राजनीतिलाई प्रयोग गरेको पाएको छु ।
अहिले सरकारले सानासाना कुरामा त्यति ध्यान दिएजस्तो लागेन । म काठमाडौंमा हिँड्छु, त्यो ट्राफिक लाइट हेर्नुस्, बिजोग अवस्था छ । हामीले सतहमा हेर्यो, खानेपानी त्यस्तो गाह्रो छ । सरकारले धेरै महत्त्वाकांक्षी योजना ल्याउँदा पनि जनता निराश भएजस्तो लाग्छ ।
सर्वसाधारण जनतालाई अत्यावश्यक कुरा के छ ? तुरुन्त चाहिने कुराहरू के हुन् ? यी सानासाना कुराले मानिसमा ठूलो असर परिरहेको छ । त्यसैले सरकार जनताको जीवनस्तरसँग जोडिने सानासाना कुरामा ध्यान दिनुपर्छ । जनता साना कामबाट पनि खुशी हुन्छन् ।
काठमाडौंको सन्दर्भमा व्यापक प्रदूषण छ । फोहोर व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन । ट्राफिक लाइटको अवस्था बिजोग छ । खानेपानीको समस्या पनि उस्तै छ । यी कुरा हेर्दा साना हुन् तर जनजीवनमा ठूलो प्रभाव पारेका हुन्छन् । यस्ता सानासाना कुरामा सरकारको ध्यान नजाँदा पनि जनतामा केही भएन भनेर निराशा पलाएको पाएको छु ।
हाम्रो देशमा सिस्टम नै छैन । सिस्टम बसालिदियो भने जनताले मान्छन् तर आफूहरूले पनि मान्नुपर्यो । यहाँ त सिस्टम भन्ने आफूहरूले नमान्ने, माथिल्लो ओहोदामा बस्नेहरूले नमान्ने अनि जनतालाई सिस्टम मान भनेर त जनताले मान्दैन । सिस्टम बसाल्नुपर्यो तर उच्च ओहोदामा बस्ने आफूले पनि सिस्टमलाई ‘फलो’ गर्नुपर्यो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...