यात्रामा सलिनमान यात्री, मलिना दृष्टिविहिन गायिका, सलोनको भूमिका के ?

चैत ११, २०७५

काठमाडौं- सलिनमान बनिया अभिनित फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, कमेडी, द्धन्द्ध लगायतका पाटोलाई समेटिएको छ । फिल्ममा सलिनमान एक यात्रीको भूमिकामा प्रस्तुत छिन् । त्यस्तै डेब्यू नायिका मलिका महतले दृष्टिविहिन गायिकाको भूमिका निर्वाह गरेकी छिन् । अभिनेता सलोनको भूमिका खुलाइएको छैन् । 


ADVERTISEMENT

चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा सलिनमान र मलिकाका साथमा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ । फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।

त्यस्तै पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राईको पनि अभिनय छ । 

कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । 

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि निर्देशक सम्राटकै रहेको छ । 

संजय लामाको छायाँकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्ध रहेको फिल्ममा बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

चैत ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस