×

NMB BANK
NIC ASIA

२३ वर्षमै पौडी खेलबाट संन्यास लिएकी अमेरिकी खेलाडी मिस्सी हिन्दू धर्मप्रति आकर्षित

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकालाई पौडी खेलमा पाँचपटक स्वर्ण पदक दिलाएकी खेलाडी मिस्सी फ्र्यांकलिनले हिन्दू धर्मका विभिन्न आयाम सिक्न अनि दिनदिनै रामायण र महाभारत पढ्नमा दिन बिताउने गरेकी छन् । 

Muktinath Bank

सन् २०१८ को डिसेम्बर महिनामा पौडी खेलबाट संन्यास लिएपछि फ्र्यांकलिनले हिन्दू धर्ममा शान्ति भेटेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काँधमा लगातार समस्या आएपछि यी २३ वर्षीयाले छिट्टै खेलबाट संन्यास लिने बाध्यता आइपरेको थियो । तर खेल जीवनमा सक्रिय रहँदा थाहा पाउन नसकेका कुरा उनले संन्यासपछि थाहा पाइन् । 


Advertisment
Nabil box
Kumari

पहिलेपहिले त उनले रमाइलोका लागि योग गर्ने गरेकी थिइन् तर हिन्दू धर्मका बारेमा अध्ययन गर्दै गएपछि उनी आध्यात्मिक गहिराइमा डुब्दै गइन् । अहिले उनी जर्जिया विश्वविद्यालयमा धर्म विषय लिएर अध्ययन गरिरहेकी छन् । 

Vianet communication
Laxmi Bank

‘म एक वर्षदेखि धर्मको अध्ययन गरिरहेकी छु र यसले मेरो आँखा खोलिदिएको छ । म विभिन्न संस्कृति, व्यक्ति र तिनीहरूको धर्मका बारेमा सिक्न मन पराउँछु,’ फ्र्यांकलिनले भारतीय समाचार संस्था पीटीआईलाई बताइन् । 

‘मेरो धर्म त क्रिश्चियन हो तर मलाई हिन्दू र इस्लाम धर्म खुबै मन परे । मलाई यी दुई धर्मका बारेमा धेरै कुरा थाहा थिएन तर उनीहरूको बारेमा अध्ययन गरेपछि ती सुन्दर धर्म हुन् भन्ने थाहा पाएँ,’ लन्डन ओलम्पिक्समा चारवटा स्वर्ण पदक जितेकी खेलाडीले भनिन् ।

अद्भुत खेलाडी हुनुका अलावा फ्र्यांकलिन प्रतिभाशाली विद्यार्थी पनि हुन् । उनलाई हिन्दू धर्मका बारेमा धेरै कुरा थाहा छ । उनलाई रामायण र महाभारत खुबै मन पर्छ र उनले यी महाकाव्यमा रहेका नाम सिक्न कडा मेहनत गरिरहेकी छन् । 

‘हिन्दू धर्मको सबभन्दा सुन्दर पक्ष भनेको कर्मको अवधारणा हो । अर्को व्यक्तिलाई भलो गरेमा, राम्रो काम गरेमा पछि गएर राम्रो परिणाम प्राप्त हुन्छ । ब्रह्माण्डको कार्य यसरी नै सञ्चालन हुन्छ ।’

‘हिन्दू धर्ममा रहेका मिथक र कथाहरू निकै सुन्दर छन् । उनीहरूका देवीदेवताका बारेमा जान्दा आनन्द लागिरहेको छ । महाभारत र रामायण पढ्नु मेरा लागि अद्भुत अनुभव हो ।’

‘महाभारतमा उल्लिखित पात्रका नाममा म झुक्किरहेको हुन्छु तर मलाई रामायणमा राम र सीताको बारेमा धेरै कुरा थाहा छ । सीताले कस्तो जीवन बिताउनुभयो अनि रामप्रति कति इमान्दार रहनुभयो भन्ने कुरा अद्भुत छ,’ उनले भनिन् । 

यसै वर्ष विवाह गर्न लागेकी फ्य्रांकलिनले भारतवर्षका तीर्थस्थलको भ्रमण गर्न चाहेकी छन् । उनलाई योगको इतिहासका बारेमा पनि निकै कुरा थाहा छ । 

‘योगको जरैसम्म पुगेर यसको प्रक्रियाका बारेमा जान्न अनि योगीहरूले कसरी वैराग्यको जीवन बाँच्थे भन्ने कुरा पढ्न आनन्द लाग्छ । म रमाइलाका लागि तीन वर्षदेखि योग गर्थें तर हिन्दू धर्मको अध्ययनमार्फत यसका बारेमा थप जानेपछि योग त मेरा लागि आध्यात्मिक अनुभव भन्दा पनि माथिको कुरा हुन पुगेको छ ।’

‘पश्चिममा योगको अध्यात्मवादलाई बेवास्ता गरियो । तर योगले आध्यात्मिक शक्तिसँगको सम्पर्क कायम गर्न अनि उक्त शक्तिसँग एकाकार हुन सिकाउँछ,’ उनले भनिन् ।

इन्डियाटुडे डट् इनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x