मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडौं- देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौं जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको बताउँछिन् ।
संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको तुम्बाहाम्फेले बताइन् । साना तथा घरेलु कार्यालय काठमाडौंका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् ।
'पछिल्लो समय सबै सवारीसाधनलाई कम्पनीमा जान सरकारले यातायात व्यवसायीलाई परिपत्र गरेसँगै ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन्,' सूचना अधिकारी तुम्बाहाम्फे भन्छिन् ।
पछिल्लो समय काठमाडौंभित्रका नगरपालिका रहेका स्थानमा साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ जसले गर्दा त्यसभित्रका युवामा उद्योगी बन्न हौसला मिलेको कार्यालयको भनाइ छ । कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा एक हजार ४५, मंसिरमा ६३७, पुसमा एक हजार १७०, माघमा ४९३, फागुनमा ५६९ र चैतमा ७९३ उद्योग दर्ता गरेको छ ।
कार्यालयले चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार रुपैयाँ बराबरको उद्योग दर्ता गरेको जनाएको छ । जसमध्ये साउन, भदौ, असोज र कात्तिकमा ६१ करोड ५७ लाख रुपैयाँ, मंसिरमा २८ करोड ७४ लाख ५० हजार रुपैयाँ, पुसमा ४६ करोड १५ लाख, माघमा २० करोड २२ लाख रुपैयाँ, फागुनमा एक अर्ब १७ करोड ९४ लाख रुपैयाँ र चैतमा १८ करोड ८० लाख ३८ हजार रुपैयाँ बराबरको उद्योग दर्ता भएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष एवं उद्योगी नरेश कटुवाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने बताउँछन् । 'सरकार ठूला उद्योगी तथा व्यवसायीको पहुँचमा रहेकाले साना तथा मझौला उद्योगी पछाडि परेका छन्,' उनी भन्छन् । सरकारले राखेको सुखी नेपालीको लक्ष्य पूरा गर्न घरेलु तथा साना उद्योगीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
सरकारले १० करोड रुपैयाँभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ । हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई दर्तादेखि व्यवसाय गर्न सहुलियत प्रदान गर्दै आएको जनाएको छ । अच्युत रेग्मी/रासस
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...