×

NMB BANK
NIC ASIA

बैशाख १२ को त्यो विनाशकारी भूकम्प : ४ वर्षमा कति भयो पुनर्निर्माणमा प्रगति ?

बैशाख १२, २०७६

NTC
Premier Steels

काठमाडौं– विनाशकारी भूकम्प गएको बिहीबार चार वर्ष पूरा भएको छ । उक्त भूकम्पमा परी ८ हजार बढीले ज्यान गुमाउनु परेको थियो । पहिलो भूकम्प ०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको थियो ।

Muktinath Bank

दोस्रो भूकम्प भने बैशाख २९ गते दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको थियो । पहिलो भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको थियो भने दोस्रो ७ दशमलव ३ रेक्टर स्केलको थियो । भूकम्प गएपछि पनि धेरै दिनसम्म कम्पन आउने क्रम जारी थियो र अहिलेसम्म पनि सोको परकम्प आउने क्रम जारी नै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पले राजधानीको महत्वपूर्ण सम्पदा धरहरासहित बसन्तपुर दरबार, हनुमान ढोका, पाटनको कृष्ण मन्दिरलगायतका दर्जनौ एतिहासिक सम्पदाहरु क्षतिग्रस्त हुनुका साथै राजधानी बाहिरका २० प्रभावित जिल्लामा अबौंको संरचनाहरु ध्वस्त भएका थिए । यस्तै ७ लाख ६२ हजार ३०७ घर भत्किएकाे थियाे ।


Advertisment
Nabil box
Kumari

भूकम्पको ४ वर्ष बित्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ । 

Vianet communication

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ । 

यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेका काछन् । 

 राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए । 

यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ । 

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । 

प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । 

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।  

पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x