×

NMB BANK
NIC ASIA

ट्रम्पले आज ग्रीन कार्ड सम्बन्धी नयाँ घोषणा गर्ने, नेपालीको सम्भावना कस्तो ?

जेठ २, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार नयाँ आप्रवास योजना सार्वजनिक गर्ने भएका छन् । देशको आप्रवास प्रणालीलाई आमूल परिवर्तन गर्नुपर्ने विषयमा उनले अमेरिकी जनता र सांसदहरूलाई विश्वस्त तुल्याउन खोजेका छन् । 

Muktinath Bank

ट्रम्पका ज्वाईं र वरिष्ठ सल्लाहकार ज्यारेड कुशनरले सीमा सुरक्षा र ग्रीन कार्ड प्रणालीमाथि पुनर्विचार गर्ने योजना बनाएका हुन् । अमेरिकामा उच्च क्षमता भएका, डिग्री पाएका र जागिरको प्रस्ताव आएका व्यक्तिलाई मात्र आप्रवासका लागि योग्य बनाउन लागिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा आफन्त भएका व्यक्तिलाई भन्दा पनि क्षमतावान व्यक्तिहरूलाई ग्रीन कार्ड दिइनेछ । 


Advertisment
Nabil box
Kumari

यो व्यवस्था लागू भयो भने आप्रवास प्रणालीमा ठूलो परिवर्तन आउनेछ । अमेरिकाले अहिलेसम्म पारिवारिक आधारमा आप्रवासको व्यवस्थामा जोड दिएको छ । अधिकारीहरूका अनुसार, पारिवारिक सम्बन्ध भएका ६६ प्रतिशत

Vianet communication

व्यक्तिले ग्रीन कार्ड पाइरहेका छन् भने क्षमतावान व्यक्तिमध्ये १२ प्रतिशतले मात्र ग्रीन कार्ड पाएका छन् । 

तर ट्रम्पको यो योजनालाई उनकै दल रिपब्लिकनले पनि स्वीकार गरिसकेको छैन । विपक्षी डेमोक्रेटले त यसलाई स्वीकार गर्ने कुरै भएन । त्यसैले अमेरिकामा आप्रवास प्रणालीमा आमूल परिवर्तन गर्ने योजना सफल हुने लक्षण छैन । 

ट्रम्पको योजनाले अमेरिकामा अवैध रूपमा बसिरहेका लाखौं आप्रवासीलाई के गर्ने भन्ने विषयमा केही बोलेको छैन । यसले आप्रवास दरलाई घटाउने कुनै खाका पनि कोरेको छैन । 

पत्रकारहरूलाई अधिकारीहरूले यससम्बन्धी जानकारी बुधवार दिएका थिए । उनीहरूका अनुसार, यस योजनाले अंकमा आधारित भिसा प्रणाली अपनाउनेछ । यस्तो प्रणाली क्यानडा, अस्ट्रेलिया लगायतका देशमा प्रचलित छ ।

यो योजना लागू भएमा क्षमतावान र उच्च शिक्षित नेपालीहरूले मात्र अमेरिकामा आप्रवासको सुविधा पाउनेछन् । डीभी परेको भरमा जो कोही अमेरिका पुग्न सक्ने छैन ।

एसोसिएटेड प्रेसबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x