×

NMB BANK
NIC ASIA

पार्टीमा सुधारको खाँचो छ : वरिष्ठ नेता पौडेल

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन् । राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताए ।

Muktinath Bank

महासमिति बैठकबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागेको आरोप लगाउँदै उक्त निर्णयमा आफ्नो असहमति रहेको वरिष्ठ नेता पौडेलले बताए । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख आवश्यकता भए पनि पार्टीकै नेताहरुको गतिविधिका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीमा अनुशासन र मर्यादाको आवश्यकतामाथि जोड दिँदै वरिष्ठ नेता पौडेलले नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्नुपर्ने बताए । वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको उनले आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बीपी कोइराला, गणेशमान सिंह लगायतले बनाएको पार्टी पुरानै ढर्राबाट चल्न नसक्ने भएकाले काङ्ग्रेसले आफूलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । केन्द्रीय सदस्य शङ्कर भण्डारीले जागरण अभियानले जनतालाई जागरुक बनाउने बताउँदै आगामी चुनावमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे ।

Vianet communication
Laxmi Bank

काङ्ग्रेसको जागरण अभियानअन्तर्गत तनहुँको दुईवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न भएको छ । नगर तथा गाउँस्तरीय भेला जेठ १५ गते शुक्लागण्डकीको दुलेगौँडामा, जेठ १६ गते भानुमा, जेठ १७ गते रिसिङमा, जेठ १८ गते घिरिङमा, जेठ १९ गते देवघाटमा, जेठ २० गते आँबुखैरेनीमा, जेठ २१ गते म्याग्देमा, जेठ २२ गते बन्दीपुरमा, जेठ २३ गते भिमादमा र जेठ २४ गते व्यास नगरपालिकामा हुने काङ्ग्रेस तनहुँले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x