जसले लगातार १७ पटक मतदान गर्दैछन्

जेठ ५, २०७६

एजेन्सी- स्वतन्त्र भारतका पहिलो मतदाता श्याम सरन नेगीले १०२ वर्षको उमेरमा लोकसभा चुनाव २०१९ मा मतदान गर्नेछन् । उनले सन् १९५१ को अक्टोबरमा जनजातीय क्षेत्र किन्नौरमा मतदान गरेका थिए ।  

श्याम सरन नेगीले आइतवार परिवारसहित मतदान गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेगीलाई उनको घरबाट सरकारी गाडीमा कल्पा चोकसम्म ल्याइनेछ । त्यहाँबाट ह्वील चेयरमा कल्पाको ५१ नम्बर बूथमा लगिनेछ । 


ADVERTISEMENT

निकै सानो स्वरमा नेगीले पुराना दिनबारे भने, 'अक्टोबर, सन् १९५१ मा मैले पहिलोपटक संसदीय चुनावमा भोट हालेको थिएँ । त्यसपछि मैले एउटा चुनाव पनि छुटाइनँ । म आफ्नो मतको महत्त्व बुझ्छु । अहिले त मेरो शरीरले पनि साथ दिइरहेको छैन । तर पनि आत्मशक्तिका कारण म मतदान गर्न जाँदैछु । यसपटक पनि मताधिकारको प्रयोग गर्नेछु ।'

कल्पाका स्थानीयले उनलाई भव्य स्वागत गर्ने तयारी समेत गरेको छ । 

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस