×

NMB BANK
NIC ASIA

विवेक ओबरोयले हटाए ऐश्वर्या सम्बन्धी मिम, मागे माफी

जेठ ७, २०७६

NTC
Premier Steels

काठमाडौं – एक्जिट पोललाई ऐश्वर्या राय बच्चनसँग जोडेर बनाइएको मिम शेयर गरेपछि कठोर आलोचना खेपेका बलिउड अभिनेता विवेक ओबरायले मंगलवार बिहान माफी मागेका छन् । यससँगै उनले मिम पनि डिलिट गरेका छन् । 

Muktinath Bank

विवेक एकैचोटि दुईवटा ट्वीट गरे । उनले लेखे, ‘कहिलेकाहीँ कसैलाई शुरूमा हेर्दा रमाइलो र हानिरहित लाग्ने कुरा अरूलाई त्यस्तो नलाग्ला । मैले विगत १० वर्ष दुई हजारभन्दा बढी असहाय बालिकाको सशक्तीकरणमा बिताएको छु । म कहिले पनि महिलाको अपमान गर्ने बारेमा सोच्दिनँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को ट्वीटमा उनले लेखे, ‘मिममा मेरो रिप्लाईले एक महिला पनि आहत भइन् भने यसमा सुधार गर्नुपर्छ । म माफी माग्छु । ट्वीट डिलिट गरेको छु ।’

Vianet communication

सोमवार विवेक ओबरोयले तीन तस्वीरसहितको मिम आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेका थिए । मिमका तीन भाग ओपिनियन पोल, एक्जिट पोल र रिजल्टमा विभाजित थियो । ओपिनियन पोलमा ऐश्वर्या सलमान खानसँग, एक्जिट पोलमा विवेकसँग अनि रिजल्टमा अभिषेक बच्चन र आराध्यासँग देखिएकी थिइन् । 

उनको यो मिमको कठोर आलोचना भयो र राष्ट्रिय महिला आयोगले पनि महिला र बालिकाको अपमान भएको भन्दै विवेकलाई नोटिस पठायो ।

एएनआई समाचार संस्थासँग कुरा गर्दै विवेकले सोमवार भने, ‘मानिसहरूले यसलाई किन यति ठूलो मुद्दा बनाएका हुन् ? कसैले मलाई यो मिम पठाएको थियो । म हाँसें अनि उक्त व्यक्तिको रचनात्मकताको प्रशंसा गरें । तपाईंमाथि कोही हाँस्छ भने त्यसलाई गम्भीरतापूर्वक लिन हुँदैन ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x