×

NMB BANK
NIC ASIA

काठमाडौं मलमा कस्मेटिक व्यापारीको बदमासी, विभागले तिरायो जरिवाना

जेठ ८, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं– सुन्धारास्थित काठमाडौं मलका कस्मेटिक व्यापारीहरूले बदमासी गर्ने गरेको पाइएको छ ।

Muktinath Bank

काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मलका व्यापारीहरूले बिक्रीका लागि राखिएका कस्मेटिक सामानको मूल्य जथाभावी लिएर बदमासी गर्ने गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुमगनपछि व्यापारीको बदमासी बाहिर आएको हो । व्यापारीहरूले उपभोक्ता संरक्षण ऐन विपरीत बिक्रीका लागि राखिएका वस्तुको खरीद र बिक्री बिल नराखेको पाइएको हो । ‘खरीद बिक्री बिल आफूसँग राख्नु पर्ने हो,’ अनुमगन टोलीका एक अधिकारीले भने, ‘त्यो राख्ने गरेको पाइएन । त्यो नराख्नुको अर्थ जति पनि नाफा खान पाउनु पर्‍यो भन्नु हो कि होइन ?’


Advertisment
Nabil box
Kumari

व्यापारीले वस्तु तथा सेवाको खरीद बिक्री बिल नराख्नु भनेको मनपरी गर्न पाउनुपर्ने रहेको र सो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत रहेको ती अधिकारीको भनाइ थियो ।

Vianet communication

उपभोक्ता संरक्षण एने २०७५ को दफा १५ अनुसार बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु तथा सेवाको खरीद र बिक्री गरेको मूल्यको बिल आफूसँग राख्नुपर्छ । उक्त खरीद बिक्री बिल अनुगमन निरीक्षकले माग गरेको व्यापारीले उपलब्ध गराउनुपर्छ । वाणिज्य विभागका अधिकारीहरूले बुधवार अुनमगमनका क्रममा खरीद बिक्री बिल माग गरेको काठमाडौं मलका व्यापारीले उपलब्ध गराउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार काठमाडौं मलको रस्मिलाज फेसियल हाउस एण्ड ब्यूटी पार्लरलाई १० हजार जरिवाना गरिएको छ । त्यस्तै फेसियल हाउस, चुलेक्स ब्यूटी सैलुन एण्ड स्किन केयर, श्यामाज ब्यूटी पार्लर लगायतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x