मंगल ग्रहमा महिला अन्तरिक्षयात्रीले पुरुषको सहायताविना जन्माउनेछन् बच्चा

असार ९, २०७६

काठमाडौं – मंगलग्रहमा महिला अन्तरिक्षयात्रीहरूले पुरुषको वीर्यविना नै बच्चा जन्माउन सक्ने देखिएको छ । 

मंगलग्रहमा कम गुरुत्वाकर्षणमा पनि वीर्य सुरक्षित रहन सक्ने कुरा अनुसन्धानले पत्ता लगाएको छ । यसले मंगलमा बस्ती बसाउन सहायता गर्नेछ । 


ADVERTISEMENT

अनुसन्धान अनुसार, जमेको वीर्य कम गुरुत्वाकर्षणमा सुरक्षित पाइयो । वीर्यको नमूनालाई रकेटमा पठाएर आठ सेकेन्डसम्म अत्यन्त कम गुरुत्वाकर्षणमा राखियो । यस प्रक्रियामा १० जना स्वस्थ वीर्यदाताको वीर्य प्रयोग गरियो । 

अस्ट्रियाको राजधानी भिएनामा सोसायटी अफ ह्युमन रिप्रोडक्सन यान्ड एम्ब्रियोलोजीको वार्षिक बैठकमा यो जानकारी दिइएको हो । डिक्सेस वीमेन हेल्थकी मोन्टसरेट बौडाले बैठकमा अनुसन्धानपत्र प्रस्तुत गरिन् । 

महिला अन्तरिक्षयात्रीहरूको टोलीले मंगलग्रहमा गएर बच्चा जन्माउन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । एक दिन मंगलमा वीर्य बैंक बनाउन सकिने मानिसहरूले आशा गरेका छन् । 

दुई वर्षअघि अन्तरिक्षयात्री हेलेन शेरम्यानले नासाको रिपोर्टमा सबै महिला वा सबै पुरुष भएको टोलीलाई मंगलमा पठाउनुपर्ने सिफारिश गरिएको खुलासा गरेकी छन् ।

एजेन्सी

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस