×

NMB BANK
NIC ASIA

भारतको दबाबपछि तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णय स्थगित !

असार २०, २०७६

NTC
Sarbottam
भन्सारमा रोकिएका भारतीय ट्रकहरू
Premier Steels
Marvel

काठमाडौं– भारत लगायत विदेशी मुलुकबाट आयात हुने तरकारी तथा फलफूल विषादी परीक्षणपछि मात्र भित्रिन दिने सरकारी निर्णय स्थगित भएको छ ।

Muktinath Bank

बिहीवार बसेको मन्त्री परिषद् बैठकले तत्कालका लागि विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीको सचिवालयले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि साताभरी बसेका मन्त्रिपरिषद्का निर्णयहरू बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने व्यवस्था गरिएकाले औपचारिक रूपमा सार्वजनिक हुन भने बाँकी छ ।


Advertisment
Nabil box
Kumari

यही असार ३ गते मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशबाट आयात हुने तरकारी तथा फूल विषादी परिषणपछि मात्रै आयात गर्न पाउने व्यवस्था गरेको थियो । 

Vianet communication
Laxmi Bank

उक्त निर्देशनपछि भारतबाट तरकारी बोकेर भित्रिने सवारी साधनहरू भन्सार नाकामै रोकिएका थिए । 

यसबीचमा निकै सक्रिय भएको भारतीय दूतावासले निर्णय फिर्ता लिन दबाब बढाएको आसयका समाचारहरू समेत सार्वजनिक भएका थिए । अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले भने निर्णयबारे अनविज्ञता प्रकट गरे ।

‘तरकारी आयातमा समस्या भएको बारेमा छलफल भएको भन्नेसम्म थाहा छ,’ उनले लोकान्तरसँग भने, ‘ठ्याक्कै के निर्णय भयो भन्ने थाहा छैन ।’

निर्णय औपचारिक रूपमा कार्यान्वयनमा भने आइसकेको छैन । शुक्रवार दिउँसोसम्म पनि भैरहवा नाकामा तरकारीका ट्रकहरू रोकिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x