×

NMB BANK
NIC ASIA

बाढी-पहिरो पीडितको राहतका लागि कांग्रेस सांसदहरूले ५ दिनको तलब दिने

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप नेपाली संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको ५ दिनको तलब बराबरको रकम सहयोग घोषणा गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति जारी गर्दै सरकारले संसदमा बाढी पहिरो पीडितका विषयमा छलफल छलफल नगरेको आरोप लगाएका हुन् ।

Muktinath Bank

'संसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो,' विज्ञप्तिमा उल्लेख छ, 'नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरूले ५ दिन बराबरको तलब रकम सहयोग गर्ने घोषणा गर्दछौं ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार पीडितप्रति संवेदनशील नदेखिएको आरोप लगाउँदै खाणले विज्ञप्तिमार्फत सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद गरेका छन् ।


Advertisment
Nabil box
Kumari

विज्ञप्तिमार्फत कांग्रेस संसदीय दलले सर्लाही जिल्लामा भएको विभिन्न हिंसात्मक घटनामा सरकारले विधिको शासन पद्धतिको अपहेलना र मानवअधिकारको उल्लङ्घन साथै नागरिक अधिकार एवं नागरिकको बाँच्न पाउने हकको रक्षा नगरेको आरोप लगाएको छ ।

Vianet communication

'नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संघीय संसदमा संसदीय छानविन समिति बनाउन माग गर्दा सत्तापक्षले यस्तो महत्वपूर्ण र संवेदनशील विषयमा गम्भीर भई छानविन समिति बनाउन तयार नभएको हुँदा मानव अधिकार, नागरिक अधिकार र जनसरोकारसँग सम्बन्धित गम्भीर विषयका माग पुरा गराउन संसद अवरोध गर्नु परिरहेको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x