कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
सरल तरिकाले विकास दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु नै कब्जियत हो । दिनमा एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्था आयो भने पनि कब्जियत भन्ने बुझ्नुपर्दछ । कब्जियत लामो समय रहिरह्यो भने विभिन्न साइड इफेक्टहरु रहन सक्छन् ।
कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्छन्, जुन वास्तवमा सही तरिका होइन । कब्जियतको उपचार घरमै पनि सहजै गर्न सकिछ । यदी तपाईमा कब्जियतको समस्या छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ ।
राती सुत्नुअघि तातो दुधमा एक चम्चा घ्यू हालेर पिउन सकिन्छ । दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्दा पनि हुन्छ । राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ । तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ । एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर राती सुत्नुपूर्व पिउँदा बिहान तपाईंको पेट हल्का हुन सक्छ ।
चार चम्चा सूपमा एक गिलास पानीमा उमाल्ने र पानी चिसो भएपछि त्यसलाई छानेर पिउँदा पनि कब्जियतबाट राहत पाउन सकिने छ ।
यसो त बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ । यस्तै प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा पनि केही दिनमा नै कब्जियत ठिक हुन्छ ।
कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ । मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ । सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ ।
कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्दा हितकर हुन्छ । यसो त दैनिक तीनदेखि चार लिटर पानी पिउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् ।
कब्जियतबाट बच्ने उपाय भनेकै आफ्नो आहारमा विशेष ध्यान दिने हो । यसका लागि खानालाई मज्जाले चपाएर खानुपर्ने हुन्छ ।
कसैलाई पुरानो कब्जियत छ भने घरेलु उपायका साथै खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । राम्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा खानु उचित हुन्छ । साथै मैदा, बेसन र मसालेदार भोजन पनि नरादा राम्रो हुन्छ ।
बेलुकाको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खानु, खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनु उचित मानिन्छ ।
चिसो खानेकुराको अत्यधिक सेवन, फास्ट फूड र प्याक गरिएको खानेकुरा खानु, धेरै चिया वा कफी पिउने, समयमा दिसा नगर्नेलगायत कब्जियतको कारण हुन् ।
–एजेन्सीको सहयोगमा
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...